arrow

बैंकहरुको बेइमानी कि इमानदारी ? निक्षेपको ब्याज नबढाउन आपसी ‘भद्र सहमति’

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
zero-percent.jpg

काठमाडौं । बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’ गरेका छन् । तरलता अभाव भएको भन्दै केही दिनयता तीव्र रुपले निक्षेपको ब्याजदर बढाइरहेका बेला बैंकहरुले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका हुन् ।

मंगलबार बसेको बैंकर्स संघको बैठकमा यस्तो सहभागी भएको एक बैंकरले बताए । बैंकहरुबीचको उक्त सहमति नयाँ भने होइन ।

बैंकहरुले विगतमा पनि पटक पटक यस्ता सहमति गर्दै तोड्दै आएका छन् ।

केही दिनयता बैंकहरुले अस्वस्थ रुपमा ब्याजदर बढाउन थालेकाले त्यसो नगर्ने विषयमा आइतबार छलफल भएको संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

करिब २ साताअघि साढे ९ प्रतिशतसम्म रहेको मुद्दती निक्षेप आइतबारसम्म १३ प्रतिशत माथि पुगिसकेको छ । 

यही प्रबृत्तिमा ब्याजदर बढ्दै गएमा ऋणको ब्याजदर झनै महँगो हुने भएकाले लगानी निरुत्साहित हुने विज्ञहरु बताउँछन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ