arrow

एक लाख ४० हजार लिटर डिजेल काठमाडौँ पठाइयो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2045277779.jpeg
धनगढी। सुदूरपश्चिमको कैलाली भन्सार नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमार्फत आज काठमाडौँ पठाउन सुरु गरिएको छ ।
 
कार्यालयका प्रमुख शरद पौडेलले सात ट्याङ्कर डिजेल र एक ट्याङ्कर हवाई इन्धन आज काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।
 
काठमाडौं पठाइएका सात ट्याङ्करमा एक लाख ४० हजार लिटर डिजेल र अर्को एक ट्याङ्करमा २० हजार लिटर हवाइ इन्धन रहेको बताइएको छ ।
 
सुदूरपश्चिममा डिजेल तथा पेट्रोलको अभाव कायमै रहेको अवस्थामा आयल निगमले इन्धन आज काठमाडौँ पठाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ