arrow

दुई ठाउँमा आगलागी, गरायो ठूलै क्षति 

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
fire.jpeg

उर्लाबारी । मोरङको बूढीगंगा गाउँपालिका– ७ र सुनवर्षी नगरपालिका– ९ डाइनियामा आइतबार राति आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । 

आगलागीमा परी बूढीगंगा– ७ का श्याम पौडेलको कच्ची घर, कुखुराको फार्मसमेत जलेर नष्ट हुँदा अन्दाजी रु १० लाख बराबरको क्षति भएको छ । 

पौडेलको घरमा भएको आगलागीका कारणबारे खुल्न नसकेकाले अनुसन्धान कार्य भइरहेको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । 

त्यसैगरी आगलागीबाट सुनवर्षी– ९ डाइनिया बस्ने मुरली साहको पक्की घर तथा सो घरमा रहेको कपडाको पसल, टेलरिङसमेत जल्दा रु १० लाख बराबरको क्षति भएको छ । 

साहको घरमा राति १० बजेतिर विद्युत् प्रवाह भई आगलागी भएको थियो । आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ