arrow

बागलुङबाट एक दर्जन सांसद

logo
नारायण रिजाल,
प्रकाशित २०७४ पुष १७ सोमबार
mp-baglung.jpg

बागलुङ। जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको संख्या एक दर्जन पुग्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरी १३ जना पुग्ने देखिएको छ। प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा छ जना निर्वाचित भएका छन्।

प्रदेश सभामा बागलुङ कांग्रेस, एमाले, माओवादी, जनमोर्चाबाट पाँच जनाको नाम सिफारिस भएको छ। प्रतिनिधिसभामा एमालेबाट मन कुमारी के.सी. सांसदमा सिफारिस भएकी छिन्। त्यसै गरी कांग्रेसबाट ज्ञान कुमार छन्त्यालको पनि पक्का जस्तै छ। देवी भट्टचनको पनि सम्भावना रहेको छ।

प्रदेश सांसदमा कांग्रेसका मणिभद्र शर्मा कँडेल, कोपिला बोहोरा, एमालेबाट साबित्रा राना, माओवादीबाट दीपा रोका, राष्ट्रिय जनमोर्चाबाट पियारी थापालाई सम्बन्धित पार्टीले सिफारिस गरेका छन्। त्यसको आधारमा निर्वाचन आयोगले वैधानिकता दिँदैछ।

प्रतिनिधि सभामा क्षेत्र नं १बाट एमालेका सुर्य पाठक, क्षेत्र नं २बाट माओवादीका देबेन्द्र पौडेल निर्वाचित भैसकेका छन्। त्यसैगरी प्रदेशतर्फ क्षेत्र नं १ क मा एमालेका इन्द्रलाल सापकोटा, खमा राजमोका कृष्ण थापा, क्षेत्र नं २ क मा माओवादीका चन्द्र बहादुर बुढा र खमा राजमोका टेकबहादुर खत्री विजयी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ