arrow

के सफल होला बादर र कुकुरको प्रेम

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
dog-monkey.jpg

एजेन्सी । धेरैलाई विश्वास नलाग्न सक्छ तर एक बादरलाई कुकुरसँग प्रेम भएको कुरा सार्वजनिक भएको छ । भारतको महाराष्ट्रमा भएको सो घटना रामदास प्रहरी चौकीको हो । दुवैबीचको प्रेम प्रहरी चौकीमा रहेको  सीसीटिभि भिडियोले कैद गरेको छ ।

सिसिटिभिमा कुकरलाई पछ्याउदै बादर पछि पछि लागेको देखिन्छ । रामदास प्रहरी चौकी परिसरमा एक भुसिया कुकुर रहदै आएको छ । केहि वर्ष देखि सोहि परिसरमा एक रुखमा बादर बस्न थालेको हो । चौकी नजिक रहेका  मानिसहरु बादर र कुकुरको प्रेम देखेर आश्चर्य पर्ने गरेका छन् ।  

माता नगरका कमल सिंह कदमले भने 'बादर र कुकुरबीच प्रेम भएको छ । यदि अन्य कुकुरले सो कुकुरलाई आक्रमण गर्न खोजे बादरले झापुलाई लखेट्ने गरेको छ ।'

दुवैको प्रेम  कथा बढ्दै गर्दा वन विभागले भने बादरलाई नजिकैको एक जंगलमा लगेर छोडिदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ