arrow

कोमामा नपुगोस् कांग्रेस

logo
खेमराज दाहाल,
प्रकाशित २०७४ पुष १७ सोमबार
nc-party-office.png

काठमाडौं । नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम देश संघीय ढांचामा प्रबेश गरि संबैधानिक व्यवस्था अनुसार तोकिएको समय अगाबै मुलुकका तीनै तहको निर्वाचन सम्पन्न भएको छ। पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधान सभा मार्फत जनताद्धारा निर्वाचित प्रतिनिधिबाट ऐतिहासिक संविधान जारी भयो। संविधान जारी भएसँगै केही राजनीतिक शक्तीहरुले संविधान स्वीकार गर्दै बत्तीको उज्यालोले स्वागत गरे भने कहिले  अमान्य भन्दै सडकमा टायर बालेर संविधानलाई नै जलाए ।

संविधान निर्माणपछि पहिलो पटक देशले फेरि लोकतान्त्रिक पद्धति मार्फत प्रतिनिधि सभा सहित प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्‍यो। भर्खरै सम्पन्न निर्वाचनमा मुलुकका दुई ठुला पार्टीहरु एक ठाउँमा आइ निर्वाचनमा जाँदा संविधानले तोकेको संख्यामा बहुमतले बिजय भएका एमाले र माओवादी केन्द्र ( बाम गठबन्धन) लाई जनताले अबको देशको नेतृत्व गर्न अनुमोदन गरेका छन् ।

लोकतन्त्रको सुरुवाती अभ्यास गर्दै गरेको देशमा लोकतान्त्रिक पद्धतिबाट बहुमत सहित निर्वाचित भएर आएका प्रतिनिधिहरुलाई निर्वाचन परिणाम आएपछी देशको नेतृत्व गर्न सहज बातावरण नहुँदा फेरि देशमा अस्थिर राजनीतिक खेल हुने सम्भावना प्रबल देखिएको छ ।

आफ्नै जीवनकालमा ४ पटक प्रधानमन्त्री भइसकेका प्रधानमन्त्री शेर बहादुर देउवाले ऐतिहासिक कार्य गरेर लोकतान्त्रिक मुल्य र मान्यता सहितको संविधानलाई कार्यान्वयनको चरणमा ल्याई पुर्‍याएका छन् । आफ्नै नेतृत्वमा रहेको काँग्रेस भर्खर सम्पन्न निर्वाचनबाट कमजोर अबस्थामा पुगेको छ। यो अबस्थाको कारण सबै नेताहरुले आफ्सनो हैसियत अनुसार लिनुपर्नेछ। सबैभन्दा बढी जिम्मेवारी पार्टीको मू नेतृत्व भएका कारणले देउवाले लिनुपर्ने देखिन्छ ।  

महाअधिवेशन भएको दुई बर्ष बित्न लाग्दासम्म पार्टीले पुर्णता पाउन सकेको छैन। संविधान जारी हुँदाका बखत भारतको नाकाबन्दिमा मौन, अख्तियार प्रमुखलाई लगाइएको महाअभियोगमा मौन तर आफ्नै क्रियाशिलतामा प्रधानन्यायाधीशलाई महाअभियोग लगाएको विषय जनतालाई प्रष्ट बुझाउन काँग्रेस र यसको मूल नेतृत्वले सकेन।

विभिन्न भय त्रास र निराशाका बाबजुद पनि नेपाली जनताले लोकतान्त्रिक पद्धतिको सम्मान गर्दै निर्वाचनमा भाग लिइ निर्वाचनलाई अत्याधिक मर्यादित बनाउन सघाउ पुर्‍याउदै निर्वाचनलाई प्रधानमन्त्री शेर बहादुर देउवाले नै सफल बनाए।

आफ्नै नेतृत्वमा चुनाव भएको बेला कमजोर अवस्भथामा पुगेको पार्टीलाई अब देउवाले फेरि पुरानै स्वरुपमा फर्काउने चुनौती छ। कमजोर बनेको पार्टीलाई नयाँ जीवन दिन आम कार्यकर्ताको मनोवल उच्च राख्दै पार्टीलाई जिवन्त बनाउन ठोस कदम तत्काल चाल्नु पर्ने अहिलेको आवश्यकता हो। 

अनेक आरोह अवरोहका बीच आफ्नो राजनीतिक जीवनको उतरार्धमा आइपुगेका देउवाले अब काँग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने तयारी शुरु गर्न ढीला गर्नुहुन्न। नवीन काँग्रेसको बिजारोपण गरेर आफू लोभ र मोह भन्दा माथी उठ्ने बेला आएको छ काँग्रेसका एक तहका नेताहरुको। 

काँग्रेस भित्रका प्रभावशाली नेताहरुले काँग्रेस अस्पतालमा रहेको र यसलाई उपचार गराउन पर्ने बताउदै आएका छन्। उनीहरुकै शब्दमा भन्ने हो भने काँग्रेसलाई अब सानोतिनो औषधिले काम नगर्ने अवस्थामा पुगेको छ । अब पनि काँग्रेसलाई मेजर अप्रेसन गरिएन भने कोमामा जाने सम्भावना प्रबल छ। अब यसलाई कोमामा जानबाट बचाउने काम फेरि पनि पार्टी सभापति देउवाकै हातमा छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ