arrow

ज्ञापनपत्र बुझाउन आयोग पुगेका वाम कार्यकर्तालाई यसरी पढाए प्रमुख आयुक्तले

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
ayodhi_bam.jpg

काठमाडौं । वाम गठबन्धन निकट भ्रातृ संस्थाहरुले प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक तर्फको परिणाम सार्वजनिक गर्न ढिलाई गरेको आरोप लगाएका छन् ।

उनीहरुले नतिजा प्रकाशनमा गरेको ढिलाईले शंका उब्जाएको भन्दै निर्वाचन आयोगलाई दबाब दिएका छन् । सोमबार एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु तथा माओवादी केन्द्र निकट वाईसीएल र अनेरास्ववियु क्रान्तिकारी ज्ञापनपत्र लिएर दबाब दिन आयोको केन्द्रीय कार्यालय पुगे ।

उनीहरुले ज्ञापनपत्रमा ‘निर्वाचन आयोगले पुस १८ गतेभित्र समानुपातिक निर्वाचण प्रणालीतर्फको परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको भन्ने बुझिएको थियो । तर, वाम गठबन्धनको परिणामबाट आत्तिएर भारतीय योजना र वर्तमान सत्तारुढ दल नेपाली काँग्रेसको निर्देशनमा गठबन्धन फुटाउने, नयाँ सरकार गठन गर्न नदिने र मुलुकलाई अस्थिरतातर्फ धकेल्न घरदेशी र परिदेशी शक्तिहरु लागिरहेको अवस्थामा आयोगले नै प्रतिनिधिसभाको परिणाम सार्वजनिक गर्न ढिलाईले गम्भीर शंका पैदा गरेको, भनेका छन् ।

आयोगलाई संघीन आरोप लगाएको ज्ञापनपत्र सुनाएपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले यसरी हुल बाँधेर आयोग घेर्नुको कुनै अर्थ नभएको बताए । उनले भने, ‘तपाईहरु जस्तो पढे लेखेको व्यक्तित्वहरुले यसरी कुरै नबुझेर कार्यालय घेर्न आएर हुन्छ । कानुन र संविधानमा भएको व्यवस्था अनुरुप हामी काम गरिरहेका छौँ । सबै तयारी भइसकेको छ । नतिजा निकाल्न मात्रै बाँकी छ । २०६४ सालमा ५ महिनासम्म सार्वजनिक भएको थिएन । अहिले त हामीले सबै तयारी सकेका छौँ । छोटो समयमा निर्वाचन गराएका छौँ ।’

तपाईहरुले हामीलाई दबाब दिने ठाउँमा आफ्नो दलका नेताहरुलाई भनिदिनुस् कि तपाईहरु वातावरण अझ सहज बनाइदिनुस्, प्रमुख आयुक्त यादवले भने । आयोगलाई सजिलो हुने गरेर सूचीहरु तयार गर्न भन्नुस्, त्यसका सबैको भलाई छ ।

हतार गरेर वा आत्तिएर हुँदैन, प्रमुख आयुक्त यादवले अगाडि भने, ‘हामी कसैको गोटी बनेका छैनौँ । कानुन र संविधानले  निर्देश गरे बमोजिम गरिरहेका छौँ । नागरिकलाई गुम्राहमा राख्यो भन्ने तपाईहरुको आरोपको कुनै तुक छैन ।’ आयोग आफ्नो प्रक्रिया अनुसार काम गर्छ । हामी लाकतान्त्रिक अभ्यासमा छाैँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ