arrow

युवा संघ र वाईसीएल निर्वाचन आयोगविरुद्ध उत्रिने, साथमा दुई विद्यार्थी संगठन पनि

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
aayog.jpg

काठमाडौं । एमाले र माओवादी केन्द्रका भ्रातृ संस्थाले प्रतिनिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक तत्काल नगरे निर्वाचन आयोगविरुद्ध कडा आन्दोलन छेड्ने चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै एमालेको भ्रातृ संस्था युवा संघ र माओवादीको वाइसीएल तथा दुवैका विद्यार्थी संगठनले यस्तो चेतावनी दिएका हुन् ।

उनीहरुले ज्ञापनपत्रमा महिलाको प्रतिनिधित्वको विषयलाई लिएर आयोगले झमेला झिक्ने विषय गलत मनसाय राखेको भन्दै उनीहरुले तत्काल समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न माग गरेका छन् ।

आयोगका पदाधिकारीलाई भेटेर दुई दलका युवा संघठनले संविधानलाई पूर्ण कार्यान्वयनमा सघाएर वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् । आयोगलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘आयोगको ढिलासुस्ती र सरकारको आयु लम्ब्याउँदै मुलुकलाई अस्थिरता र गतिहिनतातर्फ लैजाने प्रपन्च हामीलाई मान्य हुने छैन र ढिलाई गरे कडा आन्दोलनमा जान बाध्य हुने छौं ।’ उनीहरुले राष्ट्रियसभामा आउने महिलाको प्रतिनिधित्व ३८ प्रतिशत हुन आउने भन्दै प्रतिनिधिसभाको समानुपातिकको नतिजा त्यसलाई गणना गरेर मिलाउने तवरले गर्न सकिने संकेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ