arrow

पाल्पामा यसरी मनाइयो टोपी दिवस

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ पुष १७ सोमबार
topi_diwas_palpa.jpg

पाल्पा ।  हाम्रो नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान भन्ने नाराका साथ तानसेनमा पनि पाँचौ राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइएको छ । एन.वि.आर र काइन्ड हट सोसाईटीको संयुक्त आयोजनामा  तानसेनमा सोमवार र्‍याली निकालीएको थियो । पंञ्चेबाजा सहित तानसेनको टुडिखेलबाट सुरु भएको र्‍याली  वसपार्क, पेटोलपम्प, हुलाकचोक, सितलपार्टी, टक्सारटोल,  भगवती टोल, नारायणस्थान हुदैँ टुडिखेलमा पुगेर  समापन भएको थियो ।
 
 र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र  टोपी लगाएर  सरकारी उच्च ओदाका व्यक्तित्व, शिक्षक, विद्यार्थी, मानव अधिकार कर्मी, नागरिक समाजका व्यक्तित्व, पत्रकार , क्यान महासघका पदाधिकारी उद्योगी ,व्यवसायहरु लगायतको ब्यापक  सहभागिता रहेको थियो । सहभागी केही व्यक्तिहरले भादगाउँले र ढाका टोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।  

नेपालमा विगत पाँच वर्ष देखि अंग्रजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाउदैँ आएको पाईन्छ । पहिले पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार प्रसार गरे पनि यस  वर्ष देखि तानसेनमा  र्‍याली नै निकालेर दिवस मनाउन थालिएको छ । तानसेनको पहिचानको रुपमा रहेको पाल्पाली ढाका टोपी लोप हुन थालेकाले तानसेनको पहिचानलाई जोगाई राख्न र्‍यालीको आयोजना गरिएको एन.वि. आर पाल्पाका संयोजक विक्रम कुँवरले बताए ।

 डा. बाबुराम भद्मराईको सरकाले २०६८ सालमा राष्ट्रिय पोशाकलाई हटाईदिए पछि राष्ट्रिय भावले ओतप्रोत भएका युवामा राष्ट्रियता जागेको थियो । अन्य मुलुकले पहिचानका लागि पोशाक राखेका छन् , हामी कहाँ भएको पोशाकलाई हटाइएको छ । त्यसैले नेपाली र गोर्खालीको शानलाई बचाई राख्नको लागि पनि यो दिवस मनाउनु पर्नेमा युवाहरुले विभिन्न सामाजिक सञ्जालहरुमा आग्रह गरेका छन्  ।    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ