arrow

निर्वाचन आयोगमा वाम गठबन्धनको एक पछि अर्को हुल

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
bam_dall.JPG

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपाति नतिजा दिन ढिलाई गरेको भन्दै वाम गठबन्धनका नेताहरु छलफल गर्न आयोग कार्यालय पुगेका छन् ।

राष्ट्रियसभा गठनअघि प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या तोक्न मिल्ने अथवा नमिल्ने भन्ने विवादबीच वाम गठबन्धनका नेताहरु निर्वाचन आयोग पुगेका हुन् । नेताहरु आयोग पुग्नुअघि गठबन्धन निकट भ्रातृसंस्थाका नेताहरु गएर ज्ञापनपत्र बुझाएका थिए ।

आयोगमा वाम गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि राष्ट्रियसभा आवश्यक हुन्छ कि हुँदैन भनेर छलफल गरेको बैठकमा सहभागि माओवादी नेता रामनारायण विडारीले बताए । उनले आफुहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या चाँडै तोक्न आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए ।

एमाले उपाध्यक्ष भीम रावल, पूर्व सभामुख एवं स्थायी समिति सदस्य सुवास नेम्वाङ, अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र पाण्डे लगायतका नेता निर्वाचन आयोगमा पुगे ।

माओवादीबाट कृष्णबहादुर महरा, वर्षमान पुन रामनारायाण बिडारी लगायतका नेता निर्वाचन आयोग पुगे ।
आइतबार मात्रै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद सिफारिस गर्न नमिल्ने बताएका थिए । समानुपातिक सांसद राष्ट्रपतिकहाँ सिफारिस नभए नयाँ सरकार गठन गर्न नमिल्ने केही जानकारहरुको तर्क छ ।

सरकारले राष्ट्रियसभाको मिति तोकेको ३० दिन त कम्तिमा पनि निर्वाचन सम्पन्न गर्न लागे आयोगको भनाई छ । वाम गठबन्धनमा आवद्ध दलहरु राष्ट्रिय सभाले सरकार गठनलाई नरोक्ने भन्दै प्रतिनिधिसभाको समानुपतिक नतिजा प्रकाशन गर्न भनिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ