arrow

नयाँ वर्षमा वर्ल्डलिंकको साङ्गितिक मेला

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
worldlink.jpg

काठमाडौं । वर्ल्डलिंकले शनिबार अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा मेला सम्पन्न गरेको छ । राजधानीको जावलाखेल मैदानमा भएको सो मेलको अवलोकन १५ हजार भन्दा बढी दर्शकले गरेका थिए ।

इन्टरनेट सेवालाई अझ प्रभावकारी तथा गुणस्तर बनाउने उद्देश्यले आयोजना गरेको उक्त मेलामा ग्रँहकका अनुभव तथा चाहनालाई समेत बुझ्ने काम गरिएको थियो । ग्राहकका सुझाव अनुरुप आगामी दिनमा वर्ल्डलिंकलाई अगाडी बढाउदै लगिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

वल्डलिंकले आफ्ना ग्राहकलाई नजिकबाट चिन्ने तथा प्रत्यक्ष कुराकानी गरी आफ्ना ग्राहकको कस्तो प्रतिक्रिया छ त्यसलाई संगसगै लगेर अझ राम्रो तथा गुणस्तरीय सेवा दिने उद्देश्यले कार्यक्रमको अयोजना गरेको हो ।  

वर्ल्डलिंकले हाल देशका अधिकांश जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा विस्तार गरेको छ । भेटघाट र शुभकामना आदानप्रदानका लागि गरेको सो मेलामा प्रवेश निःशुल्क गरिएको थियो । सांगीतिक प्रस्तुति, फुड स्टल, फन गेम्स, म्याजिक सो, फेस पेन्टिङ लगायतका स्टलहरुमा यूवाहरुको भिड लागेको थियो । मेलामा १५ हजारभन्दा बढीले प्रत्यक्ष सहभागिता जनाएका थिए ।

 
लोकप्रिय ब्यान्ड कुटुम्ब, गायकहरु स्वप्न सुमन, नीतेशजंग कुवर, सबिन कार्की (बिष्ट) र द साउन्ड अफ स्ट्रिम्स लगायतको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । हुटिङ र स्वस्फूर्त रुपमा दर्शकहरु मञ्च अघि गीत संगीतमा नाचेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ