arrow

रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आवश्यक : चन्द्रप्रसाद ढकाल

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
chandra_(2).JPG

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार बागलुङ महोत्सव–२०७४  लाई सम्बोधन गर्दै ढकालले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले आम बागलुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गरे । उनले भने  'यसरी प्राप्त हुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक छ ।'

सबै चरणका निर्वाचन पनि सम्पन्न भइसकेको भन्दै उनले नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अव मुलुकको आर्थिक विकासले गति लिने अपेक्षा गरे।

पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको समेत ढकालले  जानकारी दिए ।

 ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गरेको सो महोत्सवको उद्घाटन सत्रलाई नेता देबेन्द्र पौडेल, डा. सूर्य पाठक लागायत स्थानीय उद्योगी व्यावसायी र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ