arrow

ठेकेदार फरार भएपछि पानी खाने स्थानीयको सपना अधुरै

खानेपानीको काम सुरु भएको करिब ७ महिना बित्दै लाग्दा पनि काम अगाडि बढेन्

logo
सुशील भण्डारी,
प्रकाशित २०७४ पुष १७ सोमबार
achham1.jpg

अछाम ।  मंगलसैन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा खानेपानी काम सुरु भएको करिब ७ महिना बित्दै लाग्दा पनि काम अगाडि बढ्न सकेको छैन । २०७४ जेठ महिनाबाट सुरु गरेको काम अहिलेसम्म पनि ठप्प रहेको छ  । मंगलसैन नगरपालिकाको  ६० लाख रकममा बन्न लागेको खानेपानी आयोजना करिब आधा रकम खर्च भैसकेको छ । तर पनि काम भने पुरा भने भएको छैन ।

 १ घण्टाको बाटो हिडेर पानी ल्याउनु पर्ने बाध्यता रहेको ठुलासैनका स्थानीयहरु पानी अब ठुलासैन बजार मै आउछ भनेर हर्सित बनेका थिए । तर बिडम्बना पानीको काम सुरु गरेको ७ महिना बित्नै लाग्दा अहिलेसम्म कामलाई अगाडि नबढाउदा ठुलासैन बासी  निराश बनेका छन । सदरमुकाम मंगलसैनको मुटुका रुपमा चिनिने ठुलासैनमा  दुईवटा रेडियो स्टेसन समेत रहेका छन् भने थुप्रै होटेल हरु सञ्चालनमा छन ।

 खानेपानिको निकै समस्या रहेको ठुलासैनका होटेल व्यवसायीहरुले २० लिटर पानि ल्याउने मान्छेलाई  ३० देखि ४० रुपिया तिर्नुपर्ने बाध्यता रहेको  होटेल व्यवसायी सुवानाथ भण्डारीले बताए । पानी ल्याउनका लागि बिहान् ४ बजे उठेर पालो कुरि बस्नु परेकाले विद्यार्थी हरुको पढाइमा बाधा उत्पन्न भएको एक विद्यार्थी राधिका ढुङ्गानाले बताइन् ।

सो  कामको जिम्मा लिएका  ठेकेदार भने  अहिले सम्म सम्पर्क बिहिन हुदा अब कामले गति नलिने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ