arrow

काँग्रेसका होनहार सात नेतालाई शोभाकर पराजुलीका पाँच प्रश्न 

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
shobhakar-parajuli.jpg

काठमाडौं । यतिबेला नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनदेखि शैली परिवर्तन गर्नुपर्ने जस्ता दबाब बढ्न थालेका छन् । काँग्रेसका सात होनहार नेताहरुले यसलाई विशेष मुद्धा नै बनाएका छन् । 

अर्थात् काँग्रेस पुरानो ढर्राबाट चल्यो भने टिक्न सक्दैन भनी नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ भन्ने बहस गरिरहेका छन् । 

तर तिनै नयाँ सोच ल्याउन अगाडि सरेका नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदिप पौडेल र बद्रि पाण्डेलाई अर्का काँग्रेस नेता शोभाकर पराजुलीले पाँच प्रश्न सोधेका छन् । 

फेसबुकमार्फत उनले आफूसँग दर्जनौं जिज्ञासा भए पनि मात्र ५ वटा अत्यन्त सामान्य जिज्ञासाको सामुहिक जवाफ सार्वजनिक रुपमा पाउने आशासहित एउटा साधारण कार्यकर्ताको हैसियतबाट विनम्र अनुरोध गर्दैछु भनेका छन् । 

ती प्रश्नहरु यस्ता छन्–
१, केन्द्रीय सभापतिले विधान अनुरुप काम नगर्दा कहिले र कति पटक सामुहिक लिखित प्रस्ताव पार्टिमा दर्ता गराउनु भयो ?

२, तपाईंहरु जिल्लामा जाँदा आँफूभन्दा बरिष्ठ एवं निष्ठावान कार्यकर्ताको लठैत र गुण्डाहरुद्वारा तपाईंहरुकै आडमा मानमर्दन हुँदा कहाँ बोल्नुभयो ?

३, महासमितिको बैठक प्रत्येक बर्ष नहुनुमा तपाईंहरु पनि जिम्मेवार हो वा होइन ?

४, स्थानीय, प्रदेश, प्रतिनिधिसभाको टिकट वितरणमा तपाईंहरुको भूमिका कस्तो थियो ?

५, पार्टिमा गुट उपगुटका कारण हत्या गरिएका देशभरका लोकप्रिय, इमान्दार, निष्ठावान, क्षमतावान् र क्रियाशील कार्यकर्ताहरुको संरक्षणका निमित्त के कार्य योजना छ ?

पराजुलीले नेताहरुलाई संवोधन गर्दै अगाडि खेलेका छन्, ‘अब बहस प्रारम्भ गरौं ! सबै कुरा उत्खनन् होस् ! तपाईंहरु ७ जनाकै शुभेक्छुक एवं नेपाली काङ्रेसको साधारण तर आज्ञाकारी र अनुशासित कार्यकर्ता, शोभाकर पराजुली, सिमरा, बारा ।!’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ