arrow

के पाकिस्तानसंग भारतले क्रिकेट कहिल्यै खेल्दैन ?

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
India-pakistan.jpeg

नयाँदिल्ली । भारत र पाकिस्तानबीचको क्रिकेटलाई खेलका रुपमा मात्र नभइ विश्वले राजनीतिक रुपमै व्यवहार गर्दछ । भारत र पाकिस्तानले पनि ठूलै नाफा घाटाका रुपमा हेर्छन् । 

भारत र पाकिस्तानबीच अन्तिम खेल सन् २०१२ मा भारतमा भएको थियो । उक्त एकदिवसीय खेलमा पाकिस्तानले जित हासिल गरेको थियो।

यो खेलपछि भारतले अब त पाकिस्तानसंग क्रिकेट खेल्छ कि भन्ने थियो । तर त्यो तत्काल सफल नहुने भएको छ । 

भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ। 

सोमबार संसदीय प्यानलको बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतविरुद्ध आतंक फैलाउने र सैनिकमाथिको फायरिंग बन्द नगरेसम्म दुई देशबीच क्रिकेट श्रृंखलाको कुनै सम्भावना नभएको जानकारी दिइन् ।

उनले भारत–पाकिस्तानबाहेक अन्य देशमा पनि भारतले पाकिस्तानसंग नखेल्ने स्पष्ट पारिन् ।

 ‘जबसम्म पाकिस्तान आतंकवादीको सफाया र सीमापार गोलाबारी रोक्दैन तबसम्म कुनै खेल सम्भव छैन्,’ उनले भनिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ