arrow

इरानमा भएको प्रदर्शनमा दश जनाको मृत्यु

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
iran.jpg

तेहरान । एएफपीइरानमा रातभरी भएको प्रदर्शनका क्रममा दश जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । अहिले जारी प्रदर्शनका क्रममा सवै भन्दा बढी हिंसा आइतबार राति भएको बताइएको छ ।

राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन् ।  मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकानका रहेका छन् । सरकारी टेलिभिजनले गोली हान्नेहरु फरार रहेको समाचार प्रसारण गरेको छ ।

स्थानीय एक सांसदले दुई जनाको दक्षिणपश्चिमी शहर इजेहमा गोली हानी हत्या भएको बताए । यी बाहेक किशोरावस्थाका एक किशोरसहित अन्य दुई जना पनि मारिएका छन् । इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरुको संख्या विगत चार दिनमा १२ पुगेको छ ।

यस प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीले जनाएअनुसार मुल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएका छन् ।

इरानको दोस्रो ठूलो सहर मस्साड र अरु पश्चिम इरानी सहरमा पनि हजारौँ प्रदर्शनकारीले सडकमा उत्रिएर प्रदर्शन गरेका विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी रहेका उनीहरुले बताएका छन् ।

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ