- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको जंगलमा शिकारीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार साँझ स्थानीय बलबहादुर लम्तरीले बाँदर भनेर हानेको भरुवा बन्दुकको गोली लागेर स्थानीय ६२ वर्षिय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली लागेका थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने लम्तरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लम्तरीले बाँदर ठानेर प्रहार गरेको गोली थापालाई लागेको बयान प्रहरीलाई दिएका छन् ।