arrow

फुटबलबाट प्रतिवन्धित गणेश थापाको अझै पनि दादागिरी, जिल्लामा फोन गर्दै विरोधी सिध्याउने खेल

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
ganesh-thapa-new-pic.jpg.jpeg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आगामी चैत १४ गते केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ । त्यसका लागि अहिले धमाधम जिल्ला फुटबल संघमा निर्वाचन भइरहेको छ । 

तर फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षका लागि भ्रष्टाचारको अभियोगमा निलम्बित भएका पूर्व अध्यक्ष गणेश थापाको चुरीफुरी उत्तिकै रहेको छ । 

उनले आफ्ना विरोधीहरुलाई अहिले पनि निर्वाचित हुन नदिने षडयन्त्र गरिरहेका छन् । 

हाम्राकुरालाई प्राप्त अडियो प्रमाणअनुसार उनले जिल्लामा रहेका फुटबलकर्मीहरुलाई विरोधी हटाउ अभियानमा सघाउन आग्रह गरिरहेका छन् । 

थापाले रुपन्देही जिल्ला फुटबल संघको निर्वाचनमा पनि अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) लाई नसघाउन आग्रह गरेका थिए । 

जिल्ला संघका पदाधिकारी र क्लवका प्रतिनिधिहरुलाई फोन गरेरै उनले कुमारलाई हराए जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए । 

तर उनको जतिसुकै लबिङले पनि काम गर्न सकेन । सोमबार भएको निर्वाचनमा कुमार नै फेरि अध्यक्ष भएका छन् । 

कुमारले २० मध्ये खसेको १९ मा १४ मत ल्याए भने प्रतिस्पर्धी ऋषिराम ज्ञवालीले ५ मत पाए । 

गणेश थापाको भ्रष्टाचारको मुद्धा अख्तियारमा परे पनि तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीले मुल्तवीमा राखेका थिए । 

निवर्तमान सांसद (राप्रपा) समेत रहेका थापालाई संसदीय समितिबाट कार्वाही गर्न खोजिए पनि समिति समेत असफल भएको थियो । 

एन्फामा २० वर्ष नेतृत्व सम्हालेर बस्दा थापाले ५८ करोड रुपैयाँ खर्चमा अनियमितता गरेको लगायतका आरोपसहित फिफाले २०१५ को नोभेम्बरमा १० वर्ष फुटबलका कुनै पनि गतिविधिमा संलग्न नहुने गरी प्रतिवन्ध लगाएको थियो । 

तर थापा फिफाले कार्वाही गरे पनि घरमा कार्वाही गर्न नसकेको भन्दै अपराधी नभएको स्पष्ट पार्दै हिंडिरहेका छन् । 

अहिले उनका साला मणि कुँवर एन्फाको वरिष्ठ उपाध्यक्ष छन् भने उनकै लबिङमा नरेन्द्र थापा अध्यक्ष भएर एन्फा धानिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ