arrow

किम जोनको सम्बोधनको दक्षिण कोरियाली राष्ट्रपतिले गरे स्वागत

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
south-koreanorth-korea.jpg

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छन् ।  नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
 
सो सम्बोधनका क्रममा उनले दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गरेका थिए । शिशिर ऋतुमा आयोजना गरिने खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियाले उत्तर कोरियालाई पनि आग्रह गरेको थियो । दक्षिण कोरियाले यस शिशिर ऋतुमा आयोजना गरेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गरेका हुन् ।
 
त्यसैगरी नेता किमले गरेको सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरिएको छ । हामी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई सकारात्मक रुपमा लिन्छौँ र सो वार्तामा हामी सहभागी हुनसक्छौँ– सो सम्बोधनमा भनिएको छ ।

सो सम्बोधनको स्वागत दक्षिण कोरियाले गरेको हो । उक्त सम्बोधनपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिएका छन् ।
 
उक्त खेलकूद आगामी फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना गरिएको छ । शिशिर ऋतुमा आयोजना हुने सो खेलकूदमा उत्तरले सहभागिता जनाउनुलाई दक्षिणले भने उपब्लिध भएको भनेको छ ।  त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ । दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो ।

सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन । तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।  सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ