arrow

अनेरास्ववियुको जुलुशमा तनाव, प्रधानमन्त्रीको ‘मुर्दा’ बनाउनेलाई प्रहरीले लखेट्यो 

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
deuba_ji.png

काठमाडौं । एकै महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगको गतिविधिको विरोधमा निकालिएको जुलुशमा तनाव भएको छ । 

रत्नपार्कमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दा प्रहरी र प्रदर्शनकारीबीच तनाव भएको हो । प्रहरीसँगको तनाव बढेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न केही शेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई तित्तरवित्तर पार्न अश्रुग्यास हानेको हो ।  

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले जुलुश निकालेको हो । आयल निगमले एक महिनामा ४ पटकसम्म पेट्रोलियम पदार्थमा गरेकाे मुल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई दबाब दिन तथा निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको दलहरुले प्राप्त गरेको सिट नतोकेको विरोधमा अनेरास्ववियु केन्द्रीय समितिले त्रिचन्द्र क्याम्पसबाट 'मुर्दा जुलुश' निकालेको हो । 

निर्वाचन मार्फत प्रकट भएको ताजा जनादेशलाई लत्याउदै निर्वाचन आयोगले अहिलेसम्म समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गर्न गरिरहेको ढिलाको विरोधका लागि मुर्दा जुलुश निकालेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ