arrow

माओवादीको प्रष्ट लाइन , एकतापछि पार्टी अध्यक्ष प्रचण्ड नै हुनु पर्ने 

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
prachanda3.jpg

काठमाडौं । वाम गठबन्धनमा आवद्ध माओवादी केन्द्रले एमालेसँगको पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको नेतृत्व र सरकारको नेतृत्व फरक–फरक व्यक्तिले गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

मंगलबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकतामा जानेको भने सरकार र पार्टीको नेतृत्व फरक–फरक व्यक्तिले गर्नुपर्ने गरी सहमति कायम गर्नुपर्ने निष्कर्ष निकालेको हो ।  बैठकमा सहभागि नेता देवेन्द्र पौडेलले भने, ‘पार्टी एकता गर्ने हो भने पार्टी र सरकारको नेतृत्व फरक–फरक व्यक्तिले गर्ने भनेर पहिले नै सहमति कायम गर्नु पर्छ भन्ने हाम्रो अडान हो ।’ त्यसरी नै अघि बढ्ने हो । 

बैठकमा सहभागि नेता लिलामणि पोखरेलले पार्टी केन्द्रीय कार्यालयको यही नै विषयमा छलफल भएन भने । उनले कुरा लुकाउँदै भने, ‘यो त सहमति (अन्डरस्ट्यान्डिङ्)काे कुरा हो ।’

माओवादी अडानले एकीकृत पार्टीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र नयाँ सरकारको नेतृत्व एमालेका अध्यक्ष केपीशर्मा ओलीले गर्नुपर्ने विकल्प देखाएको छ । यद्यपि, एमाले नेताहरुले महाधिवेशनसम्म संयुक्त नेतृत्वको मोडलमा जान सकिने बताइरहेका छन् । 

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले विभिन्न विकल्पमा छलफल भइरहेको तर अहिलेलाई अध्यक्ष मण्डल बनाएर जाने विषय बढी उठेको बताएका छन् । यद्यपि, यही नै गर्ने भन्ने अझै तय भइनसकेको उनको भनाई छ ।  

माओवादीको निष्कर्षले पार्टीको नेतृत्व प्रचण्डले नै गर्नुपर्ने लाइनलाई प्रष्ट्याएको छ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी र सरकारको नेतृत्व ओलीले नै गर्नुपर्ने अभिव्यक्ति दिएपछि माओवादीका नेताहरुले त्यसको प्रतिक्रिया स्वरुप पार्टीको नेतृत्व प्रचण्डले गर्नुपर्ने बताउँदै आएका छन् । 

सरकार र पार्टी नेतृत्वकोबारेमा ओली र दाहाल मौन छन् । दोस्रो तहका नेताको छलफलले विभिन्न विकल्पहरु आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ