arrow

घेरावन्दीमा एमाले सांसद सिलवाल, पक्राउ पूर्जी जारी भएको सूचना पाएसँगै सम्पर्कविहिन

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
navaraj-silwal.jpg

काठमाडौं। काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको सूचना पाएसँगै सरकारी कागज किर्ते गरेको आरोपित पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ पर्ने डरले सम्पर्कविहिन भएका छन्। 

ललितपुर क्षेत्र नम्बर १ बाट एमालेका तर्फबाट निर्वाचित सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको महानगरी प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले पुष्टि गरेका छन्।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको सर्वोच्चको फैसलाका आधारमा प्रहरीले सिलवालमाथि अनुसन्धान अघि बढाएको थियो। 

सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 

पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानैदेखि सम्पर्कबिहिन भएका छन्। स्रोतका अनुसार उनले उपत्यका छाडिसकेका छन्।

प्रहरीकै केहि विश्वासिला व्यक्तिको साथमा उनी काठमाडौं बाहिर गएका छन्। उनलाई प्रहरीकै केहि अधिकृतहरुले सहयोग पुर्‍याइरहेका छन्। 

प्रहरीले अदालतको आदेशपछि उनको मुद्धामा अनुसन्नधान अघी बढाएको छ। प्रहरीले केहि अनलाइन सञ्चार माध्यममा प्रकाशित भएका समाचारको स्रोत खुलाउन अनलाइनका सञ्चालकहरुलाई पत्रचार गरेसँगै ति सञ्चारमाध्यम पनि समाचारको स्रोत खुलाउने गरिएको प्रहरीको पत्रको विरुद्धमा अदालत गएका थिए। पुनरावेदन अदालत पाटनले अधिकारप्राप्त अधिकारीले अनुसन्धानमा सहयोगको अपेक्षा राखि स्रोत खुलाउन आग्रह गर्न सक्ने भन्दै आदेश गरेपछि यो प्रकरणमा सिलवाल थप घेरावन्दीमा पर्दै गएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ