arrow

भारतमा नौटंकी, गरिब भएको भन्दै तिरार्इयो १७ सय ११ करोड जरिवाना !

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
SBI-Reuters.jpg

काठमाडौं । स्टेट बैंक अफ इन्डियाले अप्रिलदेखि नोबेम्बर २०१७ को बीचमा त्यो खाताबाट १७ सय ११ करोड कमाएको छ जुन खातामा न्यूनतम ब्यालेन्स समेत थिएन । यो तथ्यांक वित्त मन्त्रालयको हो । न्यूनतम ब्यालेन्स मेट्रोमा ५ हजार तथा शहरी शाखामा ३ हजार रुपैयाँ राखिएको छ । 

स्टेट बैंक अफ इन्डियाले जुलाईदेखि  डिसेम्बरको समयमा १५ सय ८१ करोड भारतीय असुली गरेका थिए । यो पैसा बैंकको दोस्रो दोस्रो त्रैमासिकको मुनाफा भन्दा बढी हो । स्टेट बैंकसँग  ४२ करोड बचत खाताधारक रहेको भारत सरकारको तथ्यांक छ । अहिलेसम्म १३ करोडभन्दा बढी बचत खाता तथा जनधन योजना जस्ता खुल्ला खातादेखि न्यूनतम बचत नहुनेसम्मलार्इ पनि जरिवाना गराइएको थिएन । 

२९ करोड बचत खाताधारकहरुमा पक्कैपनि यस्तो भएको हुन्छ आफ्नो खातामा न्यूनतम बचत पनि राख्न सकिरहेका छैनन् । यसको सम्बन्ध उनीहरुको आर्थिक स्थितीले नै निर्देशित गरेको हो । यिनीहरुको खातामा रहेको १०० देखि ५० भारतीय रुपैयाँ काट्दा काट्दा बैंकले १७७१ करोड खाता धारकलार्इ जानकारी नै नहुनेगरी असुल गरिएको हो । खातामा न्यूनतम पैसा पनि नहुने गरिबमाथि गरिब भएकै आधारमा यस्तो जरिवाना तिरार्इएको हो । 

यसरी कम आर्थिक स्थिती भएका भारतीयहरुलार्इ पनि जरिवाना तिरार्इएकोमा भारतीयहरुले भने आक्रोश ब्यक्त गरेका छन् । स्टेट बैंक अफ इन्डियामाथि एनपीएको बोझ सबैभन्दा बढी छ । बैंकबाट लाख करोड रुपैयाँ ऋण लिएर फरार हुनेसङ्ग ब्याज समेत उठाउन नसक्ने बैंकले गरिब किसानबाट भने जवर्जस्ती पैसा उठाएको हो । 

एनपीएको समस्या पछि नोटबन्दीले बैंकलार्इ भित्रैदेखि कमजोर बनार्इदियो । बैंकले आफैंलार्इ बचाउनको लागि कमजोर सेवाग्राहीहरुलार्इ समस्या गर्न थालेको हो । इन्डियन एक्सप्रेसका अनुसार स्टेट बैंकको हिम्मत देखाएर जे छाप्नु छ छाप, तिम्रो समाचारले केही विगार्दैन भन्ने जवाफ दिएको उल्लेख छ । सबैलार्इ यो कुरा जानकारीमा छ कि सञ्चार माध्यमहरु पाकिस्तान तथा  तीन तलाकमा उल्झिएको बेला बै‌कले भने यस्तो हर्कत देखाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ