arrow

रानीपोखरीको म्युजिकल फाउन्टेन : महत्वपूर्ण सामग्री हराईसक्यो कि बाँकी नै छ ?

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
CHHAT_EVE_PREPRATION_-6-1000x0.jpg

काठमाडौँ । साढे तीन करोड रुपैयाको लागतमा निर्माण गरिएको रानीपोखरीको साङ्गीतिक फोहरा (म्युजिकल फाउन्टेन) अहिले तस्वीरमा मात्रै सीमित भएको छ। त्यस्तो महंगो शुल्कको सो फाउन्टेन मुस्किलले एक महिना चल्यो होला । त्यसपछि त्यसको महत्व न त कसैले बुझ्न सके न त कहिले यसको प्रयोग नै गरे । 

दुर्इ वर्ष अघि सार्क शिखर सम्मेलनको समयमा विदेशी पाहुनाहरुलार्इ देखाउनको लागि सबै सामान भारतबाट ल्याएर बनार्इएको म्युजिकल फाउन्टेनका मह‌ंगा सामानहरु अहिले रानीपोखरीको छेउमा व्यवारिसे पाराले राखिएको छ । बाहिरबाट देख्दा फाउन्टेन जस्ताको त्यस्तै भएपनि कसैको वास्ताभित्र नरहेको सो फाउन्टेन भित्रका महत्वपूर्ण सामानहरु हराईसकेको छ कि बाँकी नै छ भन्नेबारे महानगरपालिकाका अधिकारीहरुलाई पनि थाहा छैन । 

चीनमा बनेको सामानलाई विशेष टेण्डर आह्वान गरेर ल्याइएको सो फाउन्टेन भित्रको पम्प मात्रै ८५ हजार रुपैयाँको छ । त्यस्तै, तार यति महंगो छ कि पानी मुनीसमेत करेन्ट लिकेज नहुनेगरी बनाईएको गुणस्तरीय तारको प्रयोग गरिएको छ भने त्यसमा राखिएका एउटा बल्बकै २० हजार रुपैयाँ पर्ने खालको छ । यति महंगा सामानहरुलाई अहिले रानीपोखरीको एउटा कुनामा थुप्रो लगाएर राखिएको छ ।  
 
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनलाई लक्षित गरी रानीपोखरीमा साङ्गीतिक फोहरा (म्युजिकल फाउन्टेन) बनाइएको थियो ।रानीपोखरीको चारै दिशामा फोहरा र बीचमा भने सङ्गीतको धुनअनुसार पानीको फोहरा अर्थात् साङ्गीतिक  फोहरा राखिएको सो परियोजनाबापतको पूरा रकम ठेकेदारलार्इ भुक्तानी समेत नगरार्इएको महानगरपालिकाका एक अधिकारीले जानकारी दिए । 
 
२० हजार रुपैयाँ पर्ने खालको बल्ब, ८५ हजार रुपैयाँको पानी मुनी राखिने पम्प लगायतका मह‌गा मह‌ंगा सामानहरु अहिले रानी पोखरीको छेउमा बेकामको बनाएर राखिएको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार त्यो मेसिनलार्इ सु्ख्खा ठाउँमा धेरै राखेपछि त्यो बेकामको हुन्छ । तर, महानगरपालिकालाई दिईएको सो म्युजिकल फाउन्टेन अहिले बाँदरको हातमा नरिवल जस्तै भएको छ । 

त्यो सामानको के के चोरिएको छ के के बाँकी छ त्यो भने हेर्नपाएको छैन । तर, त्यहाँ भएका सामानहरु यति महंगा र राम्रा छन् कि त्यतिबेला धेरै समय नचलेको भएपनि त्यसमा काम गरेकोमा समेत मलाई आत्मसन्तुष्टि मिलेको छ । फाउन्टेन जडानको समयमा काम गरेका एक अघिकारीले हाम्राकुरासँग भने त्यति राम्रो सामानको जगेर्ना गर्न नसक्नु भनेको महानगरपालिकाको लाचारीपन हो । 

तत्कालीन मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल सरकारको लगानीमा किनिएको सो फाउन्टेनको संरक्षणको जिम्मा काठमाडौं महानगरपालिकालाई दिईएको थियो । तर, सो फाउन्टेनको रेखदेख गर्न नसक्दा महत्वपूर्ण सामग्रीहरु चोरिएका छन् कि बाँकी छन् भन्नेबारे महानगरपालिकाका अधिकारीहरु नै बेखबर छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ