arrow

बिरामीबाट चर्को असुली – दुई ठूला अस्पतालविरुद्ध मुद्दा

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
hospital.png

काठमाडौं । बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालविरुद्ध ठगीअन्तर्गत मंगलबार मुद्दा दायर गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार पहिलो चरणमा दुई अस्पतालविरुद्ध मुद्दा दायर गरिएको छ। आपूर्ति विभागले उपत्यकाका अस्पतालले उपचारका नाममा ठगी गरेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार प्रहरीमा पत्राचार गरेको थियो।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल, ग्वार्कोस्थित बीएन्डबी अस्पताल, बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल र बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज न्युरो विरुद्ध मुद्दा दायर गर्न प्रहरीलाई पत्र पठाइएको थियो।

‘आपूर्ति विभागले पठाएको पत्रको आधारमा मंगलबार इशान र न्युरो अस्पतालविरुद्ध मुद्दा दायर गरेका छौं’, प्रहरी उपरीक्षक धानुकले भने,‘बाँकीविरुद्ध पनि केही दिनमै मुद्दा दायर गर्छौं।’

आपूर्तिको अनुगमनमा इशान अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा दुई पटकसम्म बिरामीबाट चर्को शुल्क असुल गरेको, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, प्रि एनेक्स चार्ज तथा बिरामी कुरुवाको समेत शुल्क असुल गरेको भेटिएको थियो।

न्युरो अस्पताल अनुगमनका क्रममा बिरामीसँग रजिस्ट्रेसन, कन्सलटेन्ट, अपरेसन, ल्याबलगायतमा चर्को मूल्य असुलपश्चात् पुनः १० प्रतिशत सेवा शुल्क लिएको फेला परेको थियो। 

महानिर्देशक दाहालका अनुसार एउटा बिरामीको कुल खर्च एक लाख हुँदा विभिन्न सेवा शुल्कका नाममा अतिरिक्त २५ हजार रुपैयाँ थप यस्ता अस्पतालले बिरामीबाट असुल गर्दै आएको अनुगमनमा भेटिएको छ।

महानगरीय प्रहरी परिसर टेकुले बीएन्डबी, ग्रान्डी इन्टरनेसनल, नर्भिक र बयोधाविरुद्ध अनुसन्धान सकेर यसै साता मुद्दा दायर गर्ने तयारी गरेको छ।

राजधानीका सुविधा सम्पन्न अस्पतालले बिरामीसँग चर्को शुल्क लिएको आपूर्ति विभागको अनुगमन टोलीले फेला पारेको थियो।

विभाग अनुगमन टोली संयोजक दीपकराज पोखरेलले धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलले बिरामीसँग चर्को रकम असुलेको पाइएको जानकारी दिए।

‘हस्पिटलले स्वास्थ्य सेवामा ५ प्रतिशत मात्रै लिन पाउने सरकारी मापदण्डविपरीत बिरामीसँग शुल्क लिएको पाइयो’, उनले भने। ‘हस्पिटलले हरेक सेवामा १३ प्रतिशत भ्याटबापतको रकम बिरामीबाट असुल गर्दै आएको फेला पर्‍यो’, पोखरेलले भने, ‘मेडिकल निर्देशकले पनि बिरामीबाट १३ प्रतिशत भ्याट असुल गर्दै आएको स्विकारेका छन्।’

अनुगमनमा खटिएका उपभोक्ता मञ्च नेपालका सचिव विष्णु तिमल्सिनाका अनुसार ग्रान्डी हस्पिटलले सरकारी मापदण्डविपरीत गरिब र निःसहाय बिरामीका लागि कुनै शड्ढया छुट्ट्याएको देखिएन। सरकारले अस्पतालमा कुल शड्ढयामध्ये १० प्रतिशत गरिब र निःसहाय बिरामीका लागि छुट्ट्याउनुपर्ने मापदण्ड तोकेको छ।

ग्रान्डी हस्पिटलका मेडिकल निर्देशक चक्रराज पाण्डेले उक्त हस्पिटल भ्याटमा दर्ता भएकाले सोहीअनुसार बिरामीबाट भ्याट बापतको रकम लिने गरिएको जानकारी गराएका थिए।

अनुगमन टोलीले ग्वार्कोस्थित बिएन्डबी हस्पिटलमा पनि अनुगमन गरेको थियो। रमेशकाजी श्रेष्ठ नेतृत्वको अनुगमन टोलीले बिएण्डबी हस्पिटलमा बिरामीबाट शड्ढया र शड्ढया बापतको सर्भिस चार्ज फरक(फरक भेट्टाएको थियो। 

‘हस्पिटलको एउटै स्थानमा रहेका शड्ढयाको फरक(फरक चार्ज बिरामीबाट असुल गर्ने गरेको भेटिएको छ’, अनुगमनमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘फरक फरक शड्ढयामा फरक(फरक चिकित्सक र नर्सले उपलब्ध गराएको सुविधाको पनि रकम बिरामीबाट थप असुल गर्दै आएको फेला पर्‍यो।’

उक्त हस्पिटलले सय शड्ढयाको सरकारबाट स्वीकृत लिए पनि आफूखुसी एक सय २५ वटा शड्ढया सञ्चालन गर्दै आएको अनुगमन टोलीले भेटेको छ। 

यस्तै, विभागले नर्भिकमा शड्ढया बेड शुल्क असुल गरेर फेरि अर्को शीर्षकमा बेड सर्भिस चार्ज, नर्सिङ सेवा शुल्कजस्ता दोहोरो खालको शुल्क र बिरामी कुरुवा बस्ने स्थानको पनि शुल्क असुल्ने गरेको भेटिएको थियो।

‘निजी अस्पतालले स्वास्थ्य सेवा कर र भ्याटमध्ये एउटा शीर्षकमा मात्रै कर असुल गर्न पाउने व्यवस्था छ,’ तिमल्सिनाले भने, ‘तर अस्पतालले ती दुवै शीर्षकमा बिरामीसँग लुटेराको रूपमा रकम लुट्दै आएका छन्।’ (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ