arrow

ट्रम्प मुर्ख कि बुद्धिमानी ? धाक दिँदै भने, ‘हामीसंग उत्तर कोरियाको भन्दा ठूलो परमाणु बटन छ’

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
dronaldtrumps.jpeg

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बेलायती युवराज ह्यारीलाई केही समयअघि बीबीसी फोरका लागि दिएको दुर्लभ अन्तर्वार्तामा भनेका थिए, ‘प्रविधिको गलत प्रयोग रोक्नुपर्छ ।’ उनको त्यो भनाइ ट्वीटरको दुरुपयोग गर्दै आइरहेका ट्वीटर मास्टर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको कटाक्ष थियो । 

ट्रम्प गैरजिम्मेवार बन्दा उनी ट्वीटरमा जे पायो त्यही लेखेर हैरान पारेका «म्प गैरजिम्मेवार बन्दा उनी ट्वीटरमा जे पायो त्यही लेखेर हैरान पारेका छन् । 

बुधबार बिहानै उनले ‘अमेरिकासंग उत्तर कोरियाको भन्दा ठूलो परमाणु बटन भएको’ भनाइ ट्वीट गरेका छन् । 

यो उनको उत्तर कोरियाली शासक किम जोन उनले नयाँ वर्षको अवसरमा ‘परमाणु बटन मेरै टेबलमा छ’ भनी दिएको सन्देशको प्रतिक्रिया थियो ।   

यसअघिको ट्वीटरमा उत्तर कोरियाले जुनसुकै बेला अमेरिकामाथि आक्रमण गर्न सक्छ भन्ने धम्कीको जबाफमा ‘हेरौंला ! हेरौंला !!’ भनेका थिए ।

ट्रम्पले प्यालेस्टाइनलाई दिएको सहयोग रकमसमेत रोक्ने धम्की दिएका छन् । 

उनले इजरायलको राजधानी जेरुसेलम राख्नका लागि भएको मतदानमा पनि नसाघाउने अनि सहयोग रकम पाएर स्वागत पनि छैन र आदर पनि छैन भन्दै सहयोग रकम फिर्ता गर्ने जनाएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ