arrow

१५ मेगावाटको हेवा खोला ए जलविधुत आयोजनाको काम ४ महिना लम्बियो

८ करोड लागत वढ्यो

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७२ माघ १३ बुधबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। नाकावन्दीका कारण इन्धन आपूर्ति सहज नभएपछि पाँचथर जिल्लाको भारपा र याङ्नाम गाविसको सिमाना भएर बग्ने हेवा खोलाबाट निकाल्न लागिएको हेवा खोला ए जलविधुत आयोजनाको काम ४ महिना पर सरेको छ। निर्माण कार्य अन्तिम चरणमा रहेको १५ मेगावाट क्षमताको उक्त हेवा खोला ए जलविधुत परियोजना चैत्र मसान्त भित्र मात्र सकिने आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले जानकारी दिए।
 
उनका अनुसार मंसिर मसान्तसम्म आयोजनाको काम सक्ने लक्ष्य राखिएपनि इन्धन अभावका कारण आयोजनाको काम ४ महिना पर सर्न पुग्यो, अव वाँधा अड्चन नभइदिने हो भने चैत्र मसान्त भित्र सक्ने लक्ष्य लिएर काम भइरहेको छ। अहिलेसम्म ९५ प्रतिशत काम सकिएको र अव कामको फिनिसिङ मात्र वाँकी रहेको उनले वताए।
 
१४दशमलव ९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ वि.स. २०६९ साल मंसिरदेखि सुरु गरिएको थियो । 
    
२ अर्ब १६ करोड लागतमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धा्रित मितिमा काम सम्पन्न हुन नसक्दा थप ८ करोड लागत बढेर २ अर्ब २४ करोड लागतमा मात्रै आयोजनाको काम सम्पन्न हुने भएको हो। “बैंकको ब्याजका कारण लागत ह्वात्तै बढेको हो,“ ढुंगानाले बताए।
 
सुरुवाती चरणमा आयोजना स्थल याङनाम–१ का स्थानीय बासिन्दाको अवरोध र भूकम्पका कारण काम ढिलो भएको हो। वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पले एक महिना काम प्रभावित भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ