arrow

पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छोड्न ओली यसकारण हुँदैछन वाध्य

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
kp-oli-new.jpg.jpeg

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा गठवन्धन गरेर गएका दुई कम्युनिष्ट पार्टी चुनावको परिणामबाट सुविधाजनक वहुमतमा पुगे। सरकार बनाउने तयारीमा रहेका दलहरु पार्टी एकता पहिलाकी सरकार पहिला भन्ने अलमलमा रहेका छन्। यहि अलमलमा एमाले र माओवादीका नेताहरुले आफ्ना अध्यक्षलाई केन्द्रमा राखेर अभिव्यक्ति दिइरहेका छन्। 

पार्टी एकिकरणमा जाने भएपछि दुई पार्टीमा जस्तो कुन पार्टीबाट अध्यक्ष र कुन पार्टीबाट प्रधानमन्त्री भन्ने नहुने एमाले तर्क छ। माओवादी भने सशस्त्र विद्रोहको उपलव्धी सबै उधारोमा एमालेसँग मिसाउन आँट गर्न सकेको छैन। 

एमाले भित्रै एमाले अध्यक्ष केपी ओलीले भित्तामा पुर्‍याएका माधव नेपाल र झलनाथ खनाललाई हेरेर प्रचण्ड बेलाबेलामा झस्किने गरेका छन्। उनले आफ्ना निकटहरुसँग केपी ओलीले् गुट्मुट्याएर सबै भाग आफैले लिएर निचोरेको कागतीको खोस्टा झै फ्याक्ने त होइनन भन्ने चिन्ता समेत राख्ने गरेका छन्। 

चुनाव जाँदा पार्टी एकिकरण सम्म हुने भनेर गएका दुवै पार्टीका अध्यक्षलदाई अहिले एकिकरणको विरोधी होइएलाकी भन्ने डरले सार्वजनिक कार्यक्रममा आफ्नो ' पोजिसन ' पार्टी एकताको पक्षमा देखाउनु पर्ने वाध्यता छ। यो वाध्यता ओलीलाई भन्दा पनि प्रचण्डलाई छ। प्रचण्ड यसकारण पनि बेलाबेलामा सार्वजनिक कार्यक्रमहरुमा आफू र आफ्नो दल माओवादी दुई कम्युनिष्ट पार्टीको एकताको पक्षमा रहेको बताइरहेका छन्। 

तर पार्टी एकताको मोटो कुरा गरेपनि एकताको प्रक्रियामा अहिलेसम्म खास कुरा किन मिल्न सकिरहेको छैन यसको जवाफ स्वयं प्रचण्डले पनि दिन सकेका छैनन्। प्रचण्ड सार्वजनिक सञ्चार माध्यममा गएर आफ्ना कुरा राखिरहँदा पनि एकताको प्रक्रिया कसरी अगाडी बढिरहेको छ अनि यसको खाका कसरी अगाडी बढ्छ भन्न सकिरहेका छैनन। प्रचण्डलाई एमाले अध्यक्ष ओलीकै कित्तामा उभिएर काँग्रेसलाई बेलाबेलामा गाली गर्नुपनि परेको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाले सत्ता हस्तान्तरण गरेनन् भनेर आरोपित पनि गर्नुपरेको छ। 

पार्टी निकट कानुनबेत्तादेखि संविधानविद अनि पार्टी निकट रहेकै आधारमा सिफारिस हुँदै प्रमुख निर्वाचन आयुक्त भएका अयोधी प्रसाद यादवसम्मका सल्लाहलाई मनन गरेका उनी केपी ओली जस्तो आक्रामक रुपमा प्रस्तुत पनि भएका छैनन। उनले मध्यमार्गी बाटो नै समातेका छन्। जुन मध्यमार्ग  हिजोको दिनमा लोकतान्त्रिक धारले समाउने गर्थ्यो। 

यहि मध्यमार्गमा हिडेका प्रचण्ड अहिले पनि केपी ओलीले झै छुच्चो रुपमा प्रस्तुत भएका छैनन्। बरु सत्ता हस्तान्रणका लागि चाँडो प्रक्रिया सकाउनेतर्फ सहजिकरण गर्न लागेको जस्तो देखिन्छन्। यसो गर्दा उनी आफू सत्ता कम्युनिष्ट गठवन्धनको पक्षमा पार्न लागेको जस्तो देखिइरहँदा निर्वाचन आयोग मार्फत उनले केहि योजना फत्ते गर्न खोजेको देखिदैछ। 

पार्टी एकिकरणको प्रक्रियामा जाँदा पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पाउने वातावरण मिलाउन आफूले नभनि नभनि माहौल बनाउन प्रचण्ड लागिपरहेको देखिदैछ। 

अध्यक्ष केपी ओलीको वुहार्तन खपेर बसेका माधव नेपाल र झलनाथ खनाल हुँदै पछिल्लो दिनमा मिसिएका वामदेव गौतम पनि एक ठाउँमा उभिएर ओलीलाई यहि मौकामा ठाउँमा राख्ने अवस्था बन्दै गएको एमालेका जानकारहरु बताउँछन्। 

आफ्नो लागि वोल्न नसकेपनि ओलीलाई ठीक ठाउँमा राख्न पनि  यि हस्तीहरु एक ठाउँमा आए भने ओलीको गती रोक्न उनीहरु सक्षम हुन सक्ने देखिन्छ। तर यसका लागि प्रचण्डले राम्रोसँग खुट्टा टेक्न सक्छन की सक्दैनन भन्ने द्धिविधामा उनीहरु रहेका छन्। त्यसो भएमा पार्टी र सरकारको नेतृत्व दुबै गर्न लालायित केपी र उनलाई त्यसतर्फ उद्यत गराउने केपी निकटहरुलाई साइजमा राख्न सक्ने विश्लेषणमा एमालेका ' केपी पिडित ' नेताहरु रहेका छन्। 

यसो गर्दा अर्को खतरा पनि छ। पार्टी मिल्नु अघी नै एमालेका नेताहरुलाई केपीले माओवादी र प्रचण्ड परस्तको आरोप लगाएर पार्टीभित्र रक्षात्मक बनाउन सक्ने अवस्था पनि छ। तर त्यसको भने नेपाल, खनाल र गौतमले संयुक्त जवाफ तयार गरेको बताइन्छ। पार्टी एकताको समेत कुरा गरेर मत माग्न गएका केपीले त्यसो भने उनलाई नै रक्षात्मक बनाउने योजना समेत यि नेताहरुमा छ।

यता प्रचण्ड पनि एमालेका नेतृत्व पङतिमा आपसी मतैक्यता नहुने अवसरको खोजीमा रहेका छन्। यो मतभेद अहिले एमालेका दोस्रो तहका नेताहरुका बीचमा सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरुले पनि देखाएको छ। यो पार्टीको उच्च नेतृत्व तहमा पनि रहेको छ। सरकार गठनको प्रक्रिया लम्विदै जाँदा उजागर भइरहेका यस्ता गतिविधिका कारण प्रचण्डले नै सोझो फाइदा लिदै गएका छन्। 

आफू प्रत्यक्ष नदेखिइ एमालेभित्र खेल्न सकिने छिद्रहरुमा खेल्ने प्रचण्डको रणनीतिले सत्ता हस्तान्तरण हुने बेलासम्म आफ्नो भागमा अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद आउने ढुक्क छन्। पृष्ठभुमिमा भइरहेका कतिपय खेलहरु प्रचण्ड योजना पुरा गराउन अभिप्रायका साथ भएको जान्दाजान्दै थाहा नपाएको झै टुलुटुलु हेर्ने अवस्थामा एमाले अध्यक्ष केपी ओली दिनदिनै पुग्दै गएका छन्। यो अवस्थाबाट एक पद पाउने अवस्था नआए प्रचण्डको वैकल्पिक योजना सतहमा देखिन वेर लाग्ने छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ