arrow

भारतको कठोर निर्णय : इजरायलसँगको ५० करोड डलरको सैन्य सम्झौता रद्द

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
missial.jpg

काठमाडौं । भारतले इजरायलसँग गरेको ५० करोड डलरको ऐन्टी-ट्यांक गाइडेड मिसाइल 'स्पाइक'सँग जोडिएको रक्षा सम्झौता रद्द गरेको छ ।  इजरायलको एक शीर्ष हतियार कम्पनीले यसको पुष्टि गरेको छ । साथमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पहिलो भारत भ्रमणको पहिले नई दिल्लीको तर्फबाट गरिएको यस्तो फैसलाले धेरैलार्इ अचम्मित समेत पारेको छ।

राफेल ऐडवांस डिफेन्स सिस्टम्स लिमिटेडका प्रवक्ता इशाई डेविड ले भनेका छन्, 'राफेललार्इ भारतीय रक्षा मन्त्रालयबाट आधिकारिक सूचना मिलेको छ कि त्यो स्पाइक सम्बन्धी सम्झौता रद्द गरिएको छ।' स्पाइकको प्रयोग विश्वभरमा २६ देशमा भइरहेको छ । भारतले रक्षा सामग्री खरीद गर्ने नियममाथि खरो उत्रिने तथा लामो तथा कठिन पाराले यसको छनोट गरेको थियो । कम्पनीले आफ्नो बयानमा भनेको छ, 'यस विषयमा जोड दिनु उपयुक्त हुन्छ कि कन्ट्र्याक्ट पेपरमा हस्ताक्षर गर्नु पहिले नै यसलार्इ रद्द गरिएको छ ।'

उक्त संस्थाले भन्यो, 'भारत सरकारको फैसलाले आफूहरुलाई दुखी बनाएको छ ।' संस्थाले आफू भारतीय रक्षा मन्त्रालयका साथ सहयोग गर्ने तथा भारतको साथमा काम गर्ने रणनीतिमा  प्रतिबद्ध रहेको जनाएको छ । किनकी पछिल्लो समयमा दुर्इ दशकदेखि यस कम्पनीले भारतमा सबैभन्दा उन्नत तथा नयाँ सिस्टम उपलब्ध गरार्इ रहेको छ।' कम्पनीले अहिलेको सम्झौता किन रद्द भयो भन्ने बारेमा भारतले अहिलेसम्म कारण नखुलाएको जनाएको छ ।

बतार्इएको छ कि प्रधानमन्त्री नेतन्याहू १४ जनवरीमा भारत भ्रमणमा आउँदैछन् । यो भ्रमणमा उनले यो मुद्दा उठाउने छन् । राफेलका सीईओले समेत नेतन्याहूको साथ भारत भ्रमणमा आउने सम्भावना रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कम्पनीले हाल पनि हैदराबादमा आफ्नो एक फ्यासिलिटीको शुरुवात गरेको थियो । जहाँ प्रोजेक्टमाथि काम पूरा गर्नु थियो । तर, कम्पनी स्रोतका अनुसार भारतीय साझेदारीसँगै राफेलले अन्य प्रोजेक्ट्स समेत तयार पारेको छ । भारतले यस अघि सेनाको लागि ५० करोड डलर लगानीको एटीजीएम खरीद गर्ने योजना बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ