arrow

रहस्यमयी ढ‌ंगले भारतीय भूमिमा छिरे चिनियाँ टोली, आश‌ंका अनेकानेक  

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
India-China-Border.jpg

काठमाडौं । भारतीय भूमिमा रहस्यमयी ढंगले चिनियाँ सेना सहितको टोली प्रवेश गरेको छ । गत डिसेम्बर २८ मा भारतको अरुणाञ्चलमा चिनियाँ सेना र केही सिभिल ड्रेसमा आएकाहरु भारतको एक किलो मिटर भित्रसम्म आएका थिए । उनीहरुको भारत प्रवेशलाई अनेकानेक चर्चा गर्न थालिएको छ । 

कसैले यसलाई समान्य मानेर चीनले फेरि पनि भारतको सीमा अतिक्रमण गरेको आरोप लगाउने गरेका छन् भने कसैले चीन सडक बनाउने कामदारको रुपमा भारतमा पसेर केही ठूलै षड्यन्त्र गर्न खोजेको पनि हुनसक्ने थालेका छन् । 

भारतीय सञ्चारमाध्यममा भने चीनले फेरि एक पटक भारतीय सीमा भित्र हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाईएको छ । चीनको एक सडक बनाउने वाला टोली अरुणाञ्चलको तूतिङ्ग इलाकामा करीब एक किलोमीटर सम्म आएको नवभारत टाइम्समा समाचार छ । सरकारी स्रोतका अनुसार पछिल्लो हप्ता भएको यस घटनामा भारतीय सेनाले चिनियाँ टोलीलार्इ फिर्ता पठाएको खबर छ । 

स्रोतका अनुसार चीनको सिविलियन टीम ट्र्याक अलाइनमेन्टको लागि आएको थियो र भारतीय सेनासँग भेट भएपछि उनीहरु आफैं फिर्ता भएका थिए । उनीहरुले बताएका छन् कि चिनियाँ टीमले सडक बनाउन प्रयोग हुने केही समानहरु भारतीय भूमिमा नै छाडेर गएका छन् । एक स्थानीयका अनसार सो टीममा सिविलियनका अलावा बर्दीधारी सैनिक पनि थिए । 

यो घटना २८ डिसेम्बरको दिन भएको हो । ७३ दिनसम्म चलेको डोकलाम विवाद साम्य भएको करिब ४ महिनापछि फेरि एक पटक चीनले भारतीय भूमिमा प्रवेश गरेर युद्धको आगो सल्काएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। स्रोतका अनुसार २८ डिसेम्बरमा भारतीय सीमामा गस्ती गर्ने टीमले चीनको एक टीम तूतिङ इलाकामा ट्र्याक अलाइनमेन्ट गरिरहेका थिए । दुबै पक्ष आम्ने सामने नभएकोले घटना त्यसै सुल्झिएको छ । 

स्थानीयका अनुसार चिनियाँ सैनिक सडक बनाउने काममा सामेल थिए । भारतीय सुरक्षाबलले तूतिंग सबडिभिजन बिसिङ्ग गाउँको नजिकै यस्तो गरिरहेको देखे। उनीहरुका अनुसार भारतीय सैनिकबाट चिनियाँ टीमबाट रोड बनाउने उपकरण समेत सीज गरेका छन् । एक स्थानीयले बताए अनुसार घटनास्थलबाट करीब ७ ( ८ किमीको दूरीमा  सियाङ्ग नदीको किनारामा गेलिङ्गबाट समेत रोड खनिएको देख्न सकिन्छ ।  

ती स्थानीयका अनुसार अहिले खनिएको सडकमा भारतीय तथा चिनियाँ सैनिकले आफ्नो टेन्ट लगाएका छन् । चिनियाँहरु भारतीय भूमिमा पसेको सूचना स्थानीयले भारतीय सेनालार्इ दिएका थिए । प्रहरी जवानले सोही दलमा तैनात आईटीबीपी सम्म यसको जानकारी पुर्याए । आईटीबीपीका जवानले सोही ठाउँसम्म पुगेर  चिनियाँ पक्षलार्इ फिर्ता हुन भनेका थिए । दुबै पक्षबीच कुराकानी पनि भयो तर, चिनियाँ पक्षले फिर्ता हुन अस्वीकार गरेपछि भारतीय सेनाकै टोली घटनास्थलसम्म पट्रोलको लागि पुगेका थिए । 

अहिदे यस इलाकामा आईटीबीपीको दायित्वक्षेत्रमा आएको छ । तर यहाँ भारी मात्रामा आर्मी समेत तैनाथ गरिएको छ । यस सम्बन्धमा त्यहाँ खटिएका भारतीय सेनाले भने यो घटनाको सूचनालार्इ इन्कार गरिदिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ