arrow

चिसो अझै बढ्दै, काठमाडौंमा बिहिबार बिहान यो वर्षकै चिसो

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
cold-at-terai.png

काठमाडौं । चिसो अझै बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विभूती पोखरेलले चिसो दिनदिनै बढ्दै जाने बताइन् । 

उनले काठमाडौंको बिहिबार बिहानको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस रहेको बताइन् । यो यस वर्षको सबैभन्दा कम तापक्रम हो । 

बुधबार २.२ डिग्री सेल्सियस रहेको थियो । 

पोखरेलले मुलुकभरमै चिसो बढेको र अझै बढ्ने बताइन् । 

काठमाडौं उपत्यकामा तुसारो समेत लागेको छ । 

वर्षाको सम्भावना तत्काल नभएकाले चिसो अझै बढ्दै जाने उनले बताइन् । 

वर्षा भए पनि फाट्फुट पश्चिम तिर हुन सक्ने अनुमान छ । 

हिमपात हुने क्रम केही दिनमा अझै बढेर जाने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ