arrow

कुक जे पकाउँछन् एसेज टेष्टमा इंगल्याण्ड त्यही पस्किन्छ 

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
eng-aus1.JPG

सिड्नी । एसेज टेष्ट क्रिकेटमा इंगल्याण्ड यसपटक कमजोर देखिएको छ । इंगल्याण्ड एलेस्टियर कुककै भरमा अडेको छ । कुकले चौथो टेष्ट क्रिकेटमा दोहोरो सतक बनाए । खेल बराबरी भयो । 

पाँच खेलको श्रृंखलामा अष्ट्रेलिया ३–० ले अगाडि छ । पाँचौं तथा अन्तिम टेष्ट सिड्नीमा बिहिबार बिहानदेखि सुरु भएको छ । 

२८ रन जोड्दा मार्क स्टोनम्यानलाई गुमाएपछि कुक र जेम्स भिन्स क्रिजमा छन् । 

कुकको भरमा टिकेको इंगल्याण्डका लागि कुक जे जति रन बनाउँछन् उनकै भरमा टिकेको छ । 

त्यसैले एक क्रिकेट विद्धानले लेखेका छन् – कुक जे पकाउँछन् इंगल्याण्ड त्यही पस्किन्छ । अर्थात् कुकले बनाउने रनको आधार नै इंगल्याण्डको कुल योगफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ