arrow

वढ्दै चिनियाँ लगानी : नेपाल रेडक्रसलाई चिनियाँ रेडक्रसको सहयोग

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
NEpal-Redcross.jpeg

काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र चीन रेडक्रस उपाध्यक्ष वाङ हाइजिङले बुधवार हस्ताक्षर गरे । उपाध्यक्ष हाइजिङ सहितको उच्च प्रतिनिधि तीनदिने नेपाल भ्रमणमा छन् ।  

यसका लागि नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले  १३ करोड आर्थिकसहित अन्य सहयोग प्रदान गर्नेछ । आगामी दुई वर्षभित्र गोदामघरको निर्माण सम्पन्न हुने सोसाइटीका मानवीय तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले विस २०७२ को भूकम्पपछि ठूलो क्षमताको गोदामघरको आवश्यकता खट्किएको चर्चा गर्दै गोदामघर निर्माणमा चीन रेडक्रसबाट प्राप्त सहयोगको लागि धन्यवाद दिए ।

चीन रेडक्रसका उपाध्यक्ष हाइजिङले नेपाल रेडक्रसलाई गोदाम घर निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग जारी रहने बताए ।

सोसाइटीका महामन्त्री धाख्वाले नेपाल रेडक्रसको सन् २०२० सम्मको विकास योजनाअनुसार गोदामघर निर्माण परियोजना प्रस्तुत गरिएको बताए ।

उपाध्यक्ष हाइजिङ सहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले बिहिवारै भक्तपुरस्थित गोदामघर निर्माणस्थलको अवलोकनसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ