arrow

पश्चिम रुकुममा ट्याक्टर दुर्घटना : १ को मृत्यु ३ घाइते

logo
प्रकाशित २०७४ पुष २० बिहिबार

रुकुम (पश्चिम) । रुकुमको  सानीभेरी गाउँपालिका वडा नं. ९ सिम्लीमा बिहिवार  ट्याक्टर दुर्घटना  भएको छ । ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यू भएको छ भने ३ जना गम्भीर घाइते र १ जना सामान्य घाइते भएका छन ।

 मध्यपहाडी लोकमार्ग सडक निर्माण कार्यमा लागेको म १ त १३५ नम्बरको  ट्याक्टर नदिबाट बालुवा ल्याउने क्रममा अगाडी माथिबाट ढुंगा खसेको देखेपछी व्याक गर्ने क्रममा करिब ३० मिटर तल खसि दुर्घटना भएको प्रत्यक्ष दर्शीले बताएका छन् । दुर्घटनामा परेका कसैको पनि सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागी जिल्ला अस्पताल सल्लेमा  ल्याएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ