arrow

वीरगन्जलाई राजधानी बनाउन माग गर्दै प्रदर्शन

logo
बिजय चौहान,
प्रकाशित २०७४ पुष २० बिहिबार
birgunj_(2).jpg

वीरगन्ज । २ नं. प्रदेशको राजधानी वीरगन्जमा बनाउनु माग गर्दै बिहिबार वीरगन्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय राजनीतिक वा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने वीरगन्जलाई नै  प्रदेशको प्रान्तिय राजधानी बनाउनु पर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन भएको हो ।

विभिन्न राजनीतिक दलका नेता कार्तकर्ता, नागरिक समाजका अगुवा,युवा,विद्यार्थीहरुको सहभागितामा राजधानीको माग गर्दै वीरगन्जको घण्टा घरचोकबाट निकालिएको जुलुश नगरको विभिन्न स्थान प्ररिक्रमा गरेको छ ।  वीरगन्जलाई विभेद गर्ना पाइदैन, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मुलुककै मुख्य प्रवेशद्वार वीरगन्जलाई राजधानी बनाउ गायतको नाराअंकित प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।

  मधेस आन्दोलनको केन्द्रविन्दु र जन आन्दोलनमा महत्वपूण भुमिका निर्वाह गर्ने वीरगन्जमा अन्नय स्थानभन्दा बढी पूर्वधार रहेकाले वीरगन्जलाई नै राजधानी बनाउनु पर्ने प्रदर्शनमा सहभागि रहेका बारा जिल्ला निवासी नेपाली काँग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए । उनले मुलुक संघीयतामा गए २ नं. प्रदेशको राजधानी वीरगन्जलाई बनाउनु पर्छ भन्दै २०७२ सालदेखि नै माग राख्दै आएपनि हाल जनकपुरलाई राजधानी बनाउने षडयन्त्र भएकाले सो विरुद्ध बारा, पर्साका बासिन्दा आन्दोलित भएको बताए ।

दलिय भावनाभन्दा माथि उठी पार्टीको झण्डालाई पन्छयाई बारा, पर्सा र रौतहटका वासिन वीरगन्जलाई राजधानी बनाउने अभियानमा लागेको तरुण दल बाराका जिल्ला सभापति समेत रहेको सिंहले जानकारी दिए । जनताको भावना विरुद्ध गराई जनपुरलाई प्रान्तको राजधान बनाइए सो विरुद्ध तीनै जिल्ला आन्दोलनमा उत्रीने नेता सिंहले दावी गरे।

वीरगन्ज नेपालको आर्थिक राजधानी मात्रनभई यहाँ राजधानीका लागि प्रयाप्त पूर्वधार उपलब्ध रहेकाले वीरगन्जलाई नै राजधानी बनाउनु पर्ने प्रर्दशनमा सहभागि रहेका वीरगन्ज महानगरपालिकाका पूर्व अधिकृत शम्भु गुप्ताको भनाई रहेको छ । उनले २ नं. प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज रहेको र वीरगन्ज नजिकै अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण हुन लागेको छ भने आइ.सि, तथा देशकै मुख्य प्रवेशद्वार  वीरगन्ज नै रहेकाले वीरगन्जलाई नै राजधानी बनाउनु पर्ने दावी गरे।

 वीरगन्जको घण्टा घर चोकबाट निकालिएको जुलुशमा नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री सुरेन्द्र चौधरी, पुर्व सांसद राजकुमार गुप्ता, विचारी यादव लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता , नागरिक समाजका अगुवाह, युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ