arrow

'इरानमा बालबालिकालाई फाँसी सजाय उच्च'

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
IRAN_Execution_hamrakura.jpg.jpeg
लन्डन । एम्नेस्टी इन्टरनेसनलले बालबालिकालाई फाँसीको सजाय सुनाउने मुलुकहरुमा इरान अग्रस्थानमा पर्ने भन्दै मङ्गलबार इस्लामिक गणतन्त्र इरानप्रति चासो व्यक्त गरेको छ । बालबालिकालाई पापबाट मुक्ति पाउन भनी यातना र दुव्र्यवहार दिइने गरेको भन्दै इरानमाथि एम्नेस्टी इन्टरनेसनलले मङ्गलबार आफ्नो दाबी सर्वाजनिक गरेको छ । 
 
मानवअधिकारवादी उक्त संस्थाका अनुसार इरानले किशोरकिशोरीलाई दिइएका यस्ता सजाय विश्वका अन्य राष्ट्रको तुलनामा इरानमा उच्च भएको जनाएको हो । सन् २००५ देखि सन् २०१५ को अन्त्यसम्म जम्मा ७३ मृत्युदण्डका सजाय सुनाइएको थियो । यो अन्य मुलुकको तुलनामा बढी हो । 
 
गएको वर्ष अर्थात् सन् २०१५ मा मात्र १८ वर्षमुनिका चार किशोरकिशोरीलाई विभिन्न अभियोगमा मृत्युदण्डको सजाय भएको एम्नेस्टी मध्यपूर्व क्षेत्रका उपनिर्देशक सइद बौमेदौहाले बताउनुभयो । इरानमा प्रायः प्रचलित यस्ता दण्डमा हतया अभियोग, बलात्कार, लागुऔषध र राष्ट्रिय सुरक्षासम्बन्धी वा भगवानविरोधी गतिविधि रहेका लन्डनस्थित एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ