arrow

शैक्षिक सुधारका लागि बृहत् राष्ट्रिय महाअभियान

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
education_misson_.jpg

काठमाडाै‌ं । नेपालकाे शैक्षिक सुधारका लागि बृहत् राष्ट्रिय शिक्षा अभियान सुरु हुने भएको छ । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत् राष्ट्रिय शिक्षा अभियान सुरु हुन लागेकाे हाे ।

अभियन्ता घिमिरे देशभरका झण्डै पाँंच हजारबढी निजी तथा सामुदायिक विद्यालय र क्याम्पस पुगेर २० लाख भन्दा बढी विद्यार्थी, युवा,  शिक्षक र अभिभावकलाई उत्प्रेरणा तथा जागरणसहितको तीन वर्षीय महाअभियानमा होमिदै छन् ।

शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र शिक्षाको समुचित उद्देश्य प्राप्ति हुने गरी  सबै पक्षलाई समेटिएको आयोजक समितिले जनाएको छ । शीप, संस्कार र प्रविधिसहितका तीन खम्बायुक्त शिक्षाको आवश्यकतालाई उजागर गर्दै संस्कारसहितको शिक्षा, शीपसहितको शिक्षा र प्रविधिसहितको शिक्षा जस्ता नारा र मुद्धा लिएर अभियान अघि बढ्नेछ ।

अभियानअन्तर्गत दैनिक कम्तिमा दुई वटा विद्यालय र एक क्याम्पस पुगेर विभिन्न विषयमा विद्यार्थीलाई सुन्दर अक्षर लेख्ने कला, नैतिक चरित्र निर्माण, विद्यालय तथा सडक सुरक्षा लगायतका विषयमा जानकारी तथा उत्प्रेरणा दिइने अभियन्ता घिमिरेले जानकारी दिए । त्यस्तै, साप्ताहिक र मासिक रुपमा हजारौंको सहभागितामा स्वरोजगार र उद्यमशीलताका लागि युवा उत्प्रेरणा, असल बाबुअामा तथा असल अभिभावक, शिक्षक उत्प्रेरणा जस्ता कार्यक्रम आयोजना गरिने बताइएकाे छ ।

त्यस्तै, प्रत्येक महिना शिक्षाविद, शिक्षाकर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षा मन्त्रालय र शिक्षा विभागका पदाधिकारी, अभिभावक, विद्यार्थी, पत्रकारलगायत शिक्षासँंग सरोकार राख्ने सबैको उपस्थितिमा शिक्षाका नीति निर्माण, पाठ्यक्रमलगायत राष्ट्रिय शैक्षिक मुद्धामा अन्तरक्रिया तथा छलफल गरिनेछ ।
 
महाअभियानको यात्रामा भेटिएका अत्यन्त जीर्ण र पिछडिएका समुदायका बालबालिका पढ्ने कुनै पाँंच विद्याललाई नमूना विद्यालयका रुपमा विकास गरिने महाअभियानका अभियन्ता घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ