arrow

प्रदेश राजधानी तोकेको सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएको छ ।

उनको ठाउँमा शासकीय सुधार महाशाखाका उपसचिव डिल्लीराम शर्मालाई लगिएको छ ।

२ दिनअघि पन्थीको हवाला दिदैं विभिन्न सञ्चारमाध्यमले सातै प्रदेशको अस्थायी मुकाम तोकिएको जनाएका थिए । 

उनी प्रधानमन्त्री कार्यालयमा रहेर संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ