arrow

२५ किलो वजन घटाउँदै आमिर खान

अामिरको अहिलेको तौल ९५ किलो छ । यो तौल बनाउनका लागि उनलाई ६ महिना लाग्यो ।

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
Dangal-Aamir.jpg.jpeg
मुम्बई । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्मका लागि निकै मेहनत गर्छन् । फिल्म ‘दंगल’को सुटिङका बेला पनि यही कुरा देखिएको छ । फिल्मकै लागि आमिरले २५ किलो वजन बढाए र अहिले त्यो २५ किलोकै वजन घटाउन लागि परेका छन् ।

आमिरको अहिलेको तौल ९५ किलो छ । यो तौल बनाउनका लागि उनलाई ६ महिना लाग्यो । यसका लागि उनले निकै मेहनत पनि गर्नुप¥यो ।

अब अहिले यो तौल घटाउनका लागि पनि उनलाई निकै मेहनत गर्नुपर्नेछ । फिल्ममा आमिर एक पहलवानको भूमिकामा देखिँदैछन् । हरियाणाका पहलवान महावीर सिंह फोगटको जिन्दगीमा आधारित यो फिल्मले समाजको तमाम विरोधका बीच महावीरले आफ्ना दुई छोरी बबिता र गीतालाई कुस्ती खेलाएको कथा प्रस्तुत गरेको छ ।

‘दंगलका लागि तौल बढाए अब घटाउँदै पनि छु । अब मलाई फिल्मको रेसलर सुशिल कुमारको जस्तै राष्ट्रियस्तरको पहलवान बन्नु छ, मैले २५ किलो तौल बढाएको थिए र अब सुशिल कुकारको जस्तै बलवान र तन्दुरुस्त देखिनका लागि २५ किलोको तौल घटाउनुपर्नेछ ।’ उनले भनेका छन् ।

नितेश तिवारीले निर्देशन गरेको फिल्म डिसेम्बर २३ मा रिलिज हुँदैछ । फिल्ममा आमिरको अपोजिट साक्षी तन्वर देखिँदैछिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ