arrow

१८ औँ वर्षमा सुबिसु

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
Subisu.jpg.jpeg

काठमाडौं ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट १७ औं बर्ष पुरा गरी १८ औँ वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउदै आएको छ ।

कम्पनीको वार्षिकोत्सबका अवसरमा प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउद भन्छन् “सुबिसु सफलतापूर्वक १८ औं वर्षमा प्रवेस गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसंग रहोस भन्ने चहान्छौ । १७ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्द्रित रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय  सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”


सुबिसुले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम पि एल एस, भि पि एन एस , व्यान एथर्नेट, होलसेल आइ पि ट्रान्जिट, एम भि पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन प्रदान गर्दै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ