- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल। रुपन्देहीको देबदह नगरपालिकामा अज्ञात समुहको गोली प्रहारबाट बसन्त पौडेलको मृत्यु भएको छ । शुक्रवार अज्ञात समुहको गोली प्रहारबाट पौडेलको मृत्यु भएको हो । पौडेल एमाले स्थानीय तहका नेता नीलकण्ठ पौडेलका छोरा हुन् ।
गोलि हान्ने ब्याक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर उनीहरु रोहिनी खोला तर्फ भागेको प्रत्यक्षदर्शीले बताए । पौडेलको टाउकोमा गोली लागेको छ । घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल उपचारको क्रममा मुत्यु भएको अस्पताले जनाएको छ । उनको शब पोष्ट माटमको लागी राखिएको प्रहरी हवल्दार भोज ब पौडेलले जानकारी दिए ।
देबदह २ का उज्जल सहमिलका सञ्चालक रहेका पौडेललाई बिहान ११ बजेको समयमा गोली लागेको थियो ।