arrow

राप्रपाले हारको विस्तृत अनुसन्धान गर्ने, समिति नै बन्यो

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
RPP_new.jpg

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले चुनावमा व्यहोरेको हारको विस्तृत अध्ययन अनुसन्धान गर्ने भएको छ ।

हारको कारण खोज्न भन्दै राप्रपाले सुझावसहितको प्रतिवेदन तयार पार्न डा. विष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरको छ । समितिमा केन्द्रीय सदस्यहरु गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य छन् ।

वुधबारबाट चलेको केन्द्रिय कार्यसमितिको बैठकले आउँदो माघ महिनामा देशमा सबै जिल्लाहरुमा जिल्लास्तरीय कार्यकर्ता भेलाहरुको आयोजना र फागुन दोस्रो हप्ता प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले बताए ।

बैठकले पार्टी हार्नुका कारण समेत केलाएको छ । राप्रपाले बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन नहुनु नै हारको मूख्य कारण भएको बताएको छ । यस्तै, संविधान संशोधनमा राप्रपाको स्पष्ट धारणा आउन नसक्नुलाई पनि हारको कारण मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ