arrow

एनसेल मेला शनिबार बुटवलको सिद्घेश्वरी मैदानमा

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
Ncell-Mela-pokhara.jpg

काठमाडौं। एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, शनिबार (पुष २२) बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ। विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला बुटवलमा आयोजना गर्न लागिएको हो।

गीत(संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६.३० सम्म चल्ने छ। चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र स्याडोजले मेलामा सहभागी सबै दर्शकलाई आ(आफ्ना प्रस्तुतीहरु मार्फत भरपुर मनोरञ्जन प्रदान गर्नेछन्।


एनसेल मेलामा सहभागी हुने सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन्। स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ। त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु पनि रहनेछन्।

मेलाको अरु आकर्षणहरुमा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन्। त्यसैगरी, फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन्। यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ। मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन्।

एनसेलका अनुसार, पोखरा र विराटनगरका दर्शक तथा आगन्तुकहरुको अपार माया पाएर भव्य रुपमा सफल भएको एनसेल मेलाले बुटवलमा पनि दर्शकहरुलाई आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदान गर्दै पूर्णरुपमा मनोरञ्जन प्रदान गर्ने विश्वास लिईएको छ । पोखराबाट शुरु भएको यो मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ