arrow

राष्ट्रिय सभाको चुनाव माघ २४ गते

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
singha-durbar.jpg.jpeg.jpg

काठमाडौं । सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले  राष्ट्रिय सभा चुनाव माघ २४ गते गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानममन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँगको परामर्शपछि निर्वाचनको मिति घोषणा गरेका हुन् । आयोगका पदाधिकारीले माघ २५ गते निर्वाचन गर्न प्रस्ताव गरेका थिए । प्रधानमन्त्री देउवाले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर निर्वाचन आयोगले दिएको परामर्शको आधारमा राष्ट्रियसभा निर्वाचन मिति घोषणा गर्न लागेको जानकारी दिए।

विहीबार राष्ट्रियसभा निर्वाचन र प्रदेश प्रमुख नियुक्तिका विषयमा सहमति खोज्ने प्रधानमन्त्रीले राष्ट्रिय हैसियतमा रहेका पाँच दलको बैठक बोलाएका थिए । बैठकमा वाम गठबन्धनका नेताहरुले निर्वाचन घोषणा र प्रदेश प्रमुखको नियुक्ति सरकारकै विषय भएको भन्दै कानुन अनुसार गर्न भन्दै मौन स्वीकृति जनाएका थिए । सरकार गठनमा ढिलाई गर्न नहुने भन्दै वाम गठबन्धनका नेताहरुले माघ १० देखि १५ गतेभित्र पर्ने गरी मिति तोक्न भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ