arrow

के छ ओलीको स्वास्थ्य अवस्था, बैंकक नगए हुन्न ?

डा.सा'वकाे प्रेस्क्रिप्शन : खानामा होस् गर्नुस्, टाइममा खानूस्

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
KP_oli_BANKOK.png

काठमाडाै‌ । एमाले अध्यक्ष केपी ओली, ५ दिनदेखि घरबाट निस्केका छैनन् । चिसो बढ्दै जाँदा एक्कासी पाखालाले समातेपछि अाेलीले बालकोटको निवास छाड्न सकेनन् ।

पखाला लागेकै दिनदेखि उनी नीजि डाक्टरको निगरानीमा छन् । गएकाे सोमबार एक्कासी पखाला लाग्न थालेपछि, परिवारले अाेलीकै नीजि डाक्टर दिव्या सिंह शाहलाई निवासमै बोलायो । डा. दिव्याका अनुसार खानपानमा अलिक ख्याल नराख्दा  अाेलीलाई पखाला लागेको हो ।

खासमा ओलीले के खाएर पखाला लाग्यो, त्यो चाहिँ डा. दिव्याले सोधिनन् । ओलीलाई झाडा बन्ता नै भएकाे भनेर खबर आए पनि, उनलाई पखाला मात्र लागेको डा. दिव्याको भनाइ छ ।

अाेलीलाई त्यही दिन पखाला रोक्ने र पेट दुख्दा दिन मिल्ने सामान्य खालको एन्टिबायोटिक दिइयो । एन्टिबायोटिकको डोज ५ दिनका लागि थियो । त्यसयता, डा. दिव्या नियमित रुपमा ओलीसँगको फोन सम्पर्कमा छिन् ।

शुक्रबार बिहान पनि डा. दिव्याले एमाले अध्यक्ष ओलीसँग फोनमा स्वास्थयबारे जानकारी लिइन्  । ''पाँच दिनको कोर्ष सकिएसँगै उहाँ (अाेली)लाई अब पखाला सम्बन्धी समस्या बाँकी छैन, पखालाकै लागि अब औषधी थप्नु पर्दैन'' डा‍. दिव्याले भनिन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जकी सह-प्राध्यापक एवं मिर्गौला प्रत्यारोपण नेफ्रोलोजी विभाग प्रमुख डा. दिव्याले केही वर्षयता ओलीको स्वास्थ्यबारे ख्याल राख्दै आएकी छन् । डा. दिव्यासिंह शाहले ओलीलाई भोको नबस्न, बेला बेलामा हल्का खानेकुरा खान र प्रशस्त आराम गर्न सुझाब दिदै अाएकी छन् ।

बैंकक नगए हुन्न ?

एघार वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली बेला-बेलामा उपचारका लागि बैंकक पुग्ने गरेका छन् ।  आउँदो २६ गते अाेली स्वास्थ्य परीक्षणका लागि बैंकक जाने तयारीमा छन् । मिर्गौला फेरेपछि रोगप्रतिरोधी क्षमता कमजोर भएर उनलाई बेलाबखत फंगस इन्फेक्सन भएर हत्केला सुन्निने समस्या पनि देखिने गरेको छ । मिर्गौला रोग विज्ञ डा. दिव्याले यतिबेला एमाले अध्यक्ष ओलीको मिर्गौला सही सलामत रहेको र कुनै समस्या नरहेको जानकारी पनि दिएकी छन् ।

के थाइल्याण्डमा जस्तो परीक्षण नेपालमा हुनु सक्दैन ? जवाफमा डा. दिव्याले भनिन्, ''हुन त हुन्छ नि किन नहुनु, तर उहाँको सबै मेडिकल डिटेल रकेर्ड उतै छ, एनुअल्ली बैंककमा परीक्षण गराउँदै आउनु भएको छ, त्यसैले त्यहाँ जाँदा राम्रै हुन्छ । अर्को कुरा बैंकक जाँदा उहाँलाई केही दिन भने पनि धपेडी हुँदैन, त्यसमा पनि उहाँले ख्याल गरेको जस्तो पाएको छैन ।''

खानपानमा सजगता नअपनाउँदा र स्वास्थ्यको ख्याल नगरी राजनीतिक कार्यक्रममा खटिइरहँदा एमाले अध्यक्ष ओली गएका पाँचदिन घरबाट निस्कन पाएनन् । अब माओवादी केन्द्रसँगको पार्टी एकिकरण र नयाँ सरकार गठनको काम छाडेर बैंकक जानुपर्ने भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ