arrow

सत्य निरुपण र बेपत्ता छानविन आयोगको म्याद थप गर्ने निर्णय

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
Bepatta-chanbin-aayog-.jpg.jpeg

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।

२६ माघसम्म म्याद रहेका यी दुवै आयोगको म्याद थप गर्न कानून नै संशोधन गर्नुपर्ने भएकाले सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको कानूनमन्त्री यज्ञबहादुर थापाले बताएका छन् ।

नयाँ बन्ने संसदसम्म कुर्दा यी दुई आयोगको कार्यावधि सकिने भएकाले अध्यादेशमार्फत म्याद थप गर्ने प्रक्रिया अघि बढाउनु परेको मन्त्री थापाले बताएका छन् ।

हाम्राकुरासँग उनले भने, 'माघ २७ गते दुवै अायाेगकाे म्याद सकिँदै थियाे । २४ गते राष्ट्रिय सभाकाे चुनाव भएपनि संसदकाे बैठक अायाेगकाे म्याद सकिनु अघि प्रारम्भ हुने अवस्था रहेन । त्यसैले अध्यादेश बनाइएकाे हाे । त्याे मन्त्रिपरिषदबाट पास भयाे ।' के छ त्यसमा ? जवाफमा उनले भने, 'अन्य संशाेधन केही छैन । म्याद थप गर्ने कुरा मात्रै छ । किन भने याे अायाेगकाे अावश्यकता खड्किरहेकै कारण म्याद थपकाे निर्णय भएकाे हाे ।'

यस्तै, यही मन्त्रिपरिषदले प्रदेशको राजधानी र प्रमुख तोक्ने भनिए पनि अर्को मन्त्रिपरिषद बैठकमा मात्रै यसबारे निर्णय मन्त्री थापाले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ