arrow

भारतको नजरमा पाकिस्तान अब पूर्णरुपमा चीनको शरणमा

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
china_pakistan.jpg

बेइजिङ। अमेरिकाले पाकिस्तानसँग मिल्ने सैन्य अभ्यास रोक्ने निर्णय गरेसँगै यसबाट चीनले फाईदा उठाउन सक्ने चर्चा भारतीय सञ्चारमाध्यमहरुमा चर्चा चल्न थालेको छ । पहिले  ग्वादर पोर्टलाई विकसित गरिरहेको चीनले विदेशमा आफ्नो दोस्रो सैन्य बेस क्याम्पलाई लिएर पनि पाकिस्तानसँग डिल गर्न समेत सक्ने आकलन भारतीय पक्षहरुको छ । अहिले चीनको नजर चाबहार बन्दरगाह तरि फर्किएको छ । चाबहारको नजिक भएको कारणले पनि चीनले यस्तो कदम चाल्यो भने यो कदमलाई भारतले भने नयाँ चुनौतीको रुपमा लिएको छ । इरानमा भारतको मद्दतबाट नै चाबहार पोर्टको विकास भईरहेको छ । 

अमेरिका-पाकिस्तानको विग्रिँदो सम्बन्धको कारणले चीनको सरकारी मीडिया सञ्चारगृहले ट्रम्पको टिप्पणीपछि पाकिस्तान तथा चीनकोबीच आर्थिक तथा रक्षा सम्बन्ध मजवुत हुने बताएको छ । पाकिस्तान आफ्नो सदाबहार साथी चीनको अझ नजिक जाने प्रयासमा छ । पछिल्लो समय नयाँ वर्षको पहिलो दिनदेखि नै अमेरिका पाकिस्तानलाई झड्का दिँदैछन् । पहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आतंककारीलाई संरक्षण दिएकै कारण सैन्य मद्दत रोकिदिएको बताएका छन् । उनले यो पनि लेखेका छन् कि ईरानको चाबहार पोर्टको नजिक चीन र पाकिस्तानको एक महत्वपूर्ण सैन्य बेस समेत राख्न सकिन्छ ।  

ट्रम्पले १ जनवरीमा ट्वीट गर्दै भनेका थिए कि पाकिस्तान लगातार आतककारीलार्इ शरण दिँदै आएका छन् । ग्लोबल टाइम्सको रिपोर्टमा भनिएको छ कि अमेरिकाको यो निर्णयले पाकिस्तान तथा चीनको सम्बन्धको लागि फाइदाजनक हुन सक्छ । यही कारण इस्लामावादले द्वीपक्षीय कारोबार तथा वित्तीय कारोबार तथा वित्तीय लेनदेनमा चीनको मुद्राको अनुमती दिने फैसला गरिसकेको छ । 

यस रिपोर्टमा महत्वपूर्ण कुरा यो छ कि वाशिङ्गटन टाइम्सको एक समाचारका अनुसार हवालाद्वारा भनिएको छ कि चीन विदेशी जमीनमा आफ्नो दोस्रो सैन्य अड्डा स्थापित गर्नको लागि पाकिस्तानसङ्ग छलफल गरिरहेको छ । 

चीन यस कारण आफ्नो सामरिक रूपमा महत्वपूर्ण समुद्री मार्गमा आफ्नो क्षमता बढाउन चाहन्छन् । यो एक पोर्टहो जुन ईरानको चाबहारबाट नजिक रहेको छ। सबैभन्दा महत्वपूर्ण अरु भन्दा पनि लोकेसनको कुरा महत्वपूर्ण छ। चाबहारको नजिक हुनाको कारण यसबाट इरान तथा भारत समेत प्रभावित हुन सक्ने देखिएको छ । किनकी चाबहारको विकास भारत, ईरान तथा अफगानिस्तान मिलेर गरिरहेका छन्। यसमा भारतको हित देखिएको छ किनकी भारत चाबहारमार्फत् आफ्नो निर्यातको अफगानिस्तानसम्म पुर्‍याउनको लागि व्यापार करिडोर बनाउन चाहन्छ ।  

जिवानी पोर्ट पाकिस्तानको बलूचिस्तान प्रान्तमा चीनद्वारा विकसित गराउन चाहन्छ किनकी ग्वादर पोर्टबाट एकदमै कम दूरीमा पर्दछ । ग्वादरको लागि  चीन मुम्बई तटको ठीक अगाडि अरब सागरमा प्रवेशको बाटो बनाउन चाहिरहेको छ। विश्लेषकहरु भन्ने गरेका छन् कि जिवानीको विषयलार्इ लिएर पाकिस्तान दबावको रणनीति अपनाउन सकिन्छ । किनकी चीन पहिलेदेखि नै ग्वादरको विकास  गरिरहेको छ । त्यहाँबाट समाचार आएको छ कि त्यहाँ चीन आफ्नो आधार बनाउन चाहन्छ । 
 
अहिले चीनको सरकारी मिडियाले भनेको छ कि ट्रम्पको थप दबाबका कारण पाकिस्तान झनै चीनको नजिक जाने देखेर नै अमेरिकाले यस्तो निर्णय गरेको हुन सक्छ । जानकारहरुका अनुसार चीनको मुद्रालार्इ अनुमति दिनु पाकिस्तानको कुनै नाटकीय नीति होइन । बुहान युनिवर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको फाइनान्स एण्ड सिक्युरिटीज इन्स्टिट्यूटका डायरेक्टर डाङ्ग डेङ्गजिनले भनेका छन् कि कुनै पाकिस्तानी कम्पनी पहिलेदेखि नै युआन स्वीकार गर्न तयार थियो । उनले भनेका छन् कि टाइमिङमात्रै महत्वपूर्ण कुरा हो ।  

अगाडि बदलिँदैछ सम्बन्धको समिकरण

जिवानीमा चीनको सैन्य बेस बनाउने सम्भावनामाथि फुदान यूनिवर्सिटीको सेन्टर फर साउथ एशियन स्टडीजका प्रोफेसर लिन मिनवाङले भनेका छन् कि पेइचिंग तथा इस्लामाबाद दुबै सामु पाकिस्तानमा ज्वाइन्ट नेवल तथा एयर फ्यासिलिटी बनाउने क्षमता छ । तर अहिले पनि यो जरूरी छैन। उनले यो पनि भनेका छन् कि अमेरिका तथा उसका सहयोगी देशको अगाडि  इन्डो-प्यासिफिक स्ट्र्याटिजी देखेर ब्याकअप प्लानसमेत तयार पारेर राखिएको छ। 

चीनले देश बाहिर आफ्ना पहिलो सैन्य बेस हिन्द महासागरको जिबूतीमा स्थापित गरेको छ। अहिले चीन आधिकारिक तरिकाले भनेको छ कि यो केवल उसको लजिस्टिक बेस हो । जुन समुद्री लुटेराको विरोधी अभियानको लागि नौसेनालार्इ सहयोगको लागि तैनाथ गरिएको छ ।  जिबूतीको अलावा चीनले श्रीलंकाको हम्बनटोटा पोर्टलार्इ  ९९ वर्षको लागि भाडामा लिइसकेको छ । नवभारत टाइम्सबाट  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ