arrow

नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह: ज्ञवाली

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
Pradip-gywali-news.jpeg

पोखरा । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् ।  

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिए  ।

मतपरिणाम सार्वजनिक नगरी अनेकौँ बहानाबाजी गरेर अल्मल्याउने र सरकारले सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै सचिव ज्ञवालीले भने– “यो सरासर जनमतको अवमूल्यन हो ।”

उनले एमाले र माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले दुई पार्टीबीचको एकीकरणमा कुनै विवाद नभएको र सौहाद्र्रपूर्ण वातावरणमा पार्टी एकीकरण हुने विश्वास व्यक्त गरे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ