arrow

शनिवार बुटवलमा हुने भनिएको एनसेल मेला रद्द

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
Ncell-Mela-pokhara.jpg

काठमाडौं । एनसेलले शनिवार बुटवलमा गर्ने भनिएको मेला रद्द भएको जनाएको छ ।  वुटवलको सिद्धेश्वरी मैदान, दीपनगरमा आयोजना गर्न लागेको एनसेल मेला २०७४ विषेश परिस्थितीका कारण रद्द गरिएको कम्पनीले जनाएको छ ।

 एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न देश भरका  विभिन्न स्थानहरुमा  मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दै आएको छ। विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात सो मेला बुटवलमा आयोजना गर्न लागिएको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र स्याडोजले आफ्ना प्रस्तुति दिदै आएका छन् । कम्पनीले शनिवार एक विज्ञापति एक जारी गर्दै सोबाट पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ