रुपन्देही बन्द : बन्दकर्ता छैनन् सडकमा तर प्रभाव उच्च (तस्विर सहित)

प्रदीप आचार्य, प्रकाशित मिति : २०७४ पौष २२ शनिबार , ३,४८३ पटक हेरिएको

बुटवल ।  रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा  युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा शनिवारबाट शुरु भएको अनिश्चितकालिन  रुपन्देही बन्दको पहिलो दिन बन्दको प्रधाव उच्च रहेको छ ।

श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन बन्द आह्वान गरेको हो । युवा संघले शनिवार विहान ७ बजेदेखि अनिश्चितकालिन बन्द आह्वान गरेपनि सडकमा कुनै पनि बन्दकर्ता छैनन् ।
 
सडकमा बन्दकर्ता नभएपनि बन्दको प्रभाव सबै क्षेत्रमा परेको छ ।  मानवचालित रिक्सा , सञ्चारकर्मिका सवारी र एम्बुलेन्स बाहेक अन्य सवारी चलेका छैन्न् । शनिबारको दिन परेको बन्दले बिद्यार्थीहरु तथा अन्य स्थानीयहरु सडकमा हिडीरहेका छन् ।

बन्दको सहमतिमा बुटवलको अस्पताललाईनका सबै क्लिनीकहरु समेत बन्द रहेका छन् ।  सडकमा प्रहरी गस्ती समेत भईरहेको छ । समाचार तयार पार्द सम्म कुनै क्षति नभएको ईप्रका बुटवलले जनाएको छ ।
 
ढेकावारमा मोटरसाईकलमा आएका आज्ञात व्यक्तीहरुले  छातीमा गोली हानेर फरार भएको प्रहरीले जनाएको छ । गोलिलागि गंभिर घाईते पौडेलको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको हो ।

 

नयाँ